आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि मेन्छियाम हाइड्रोपावरले आईपीयो खाेल्यो

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि मेन्छियाम हाइड्रोपावरले आईपीयो खाेल्यो
नेपालआईज
१० फागुन २०७९ ८:२३

नेपाल । मेन्छियाम हाइड्रोपावरले नेपालीहरूका लागि आईपीयो खुला गरेको छ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।

हाइड्रोपावरले फागुन १० गते बुधबारदेखि फागुन २५ गतेसम्म आवेदन दिन भनेको छ । यस अवधिसम्ममा सम्पूर्ण आवेदन नपरेमा स्थानीयबासीले भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले ९५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५ सय ८३ कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २ सय ९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २ सय ९१ कित्ता सेयर छुट्याइएको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ । स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा एनआईसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको