मेलबर्नबाट हराउनु भएकी नेपाली आमा अझै बेखबर खोजीमा जुटे भिक्टोरियाका नेपाली 

मेलबर्नबाट हराउनु भएकी नेपाली आमा अझै बेखबर खोजीमा जुटे भिक्टोरियाका नेपाली 
नेपालआईज
१९ फागुन २०७९ ८:३७

  छत्र शंकर (मेलबर्न)
नवलपरासी घर भएकी एक ५७ वर्षीय नेपाली आमा बिहीबार साँझ मेलबर्नबाट बेपत्ता हुनुभएको छ । तीन महिनाअघि छोराछोरीलाई भेट्न मेलबर्न आएकी आमा बिहीबार साँझ घरको आँगनमा जाने भन्दै बाहिर निस्किएको पारिवारिक स्रोतले जनाएको छ। उहाँ मेलबर्नको ब्रन्सविक क्षेत्र वाट हराउनु भएको हो। उहाँको खोजिएको लागि  परिवारले स्थानीय समुदाय र प्रहरीलाई अपिल  गरेको छ। मोरिल्याण्ड प्रहरीले समेत सरस्वतीको खोजिका लागि समुदायमा अपिल गरेको छ ।


एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक हरि खड्काले सरस्वतीको खोजीका लागि  हामीले एनआरएनए  भिक्टोरियाका सबै सदस्यहरूलाई  जुट्न भनेका छौँ,  खड्काले भने , ”हामीले स्थानीय प्रहरीसँग पनि समन्वयन गरिरहेका छौँ ।”  यसैबिच स्थानीय नेपाली समाजसेवी नीराजन  गौलीले २४ घण्टा बितिसक्दा समेत सरस्वती परिवारको सम्पर्कमा   नआएको भन्दै आ -आफ्नो क्षेत्रमा  निस्किएर खोज्न सामाजिक सञ्जाल मार्फत   समुदायलाई आग्रह गर्नुभएको छ ।   
 

नेपाली आमा  सरस्वतीलाई    देख्नु हुने तथा भेट्नुहुने भिक्टोरिया वासीले ०४५२५९०९४० , ०४१०८८०९४०  नम्बरमा सम्पर्क अथवा  ब्रन्सविक प्रहरीलाई (०३) ८३७८६००० मा खबर गर्नुहोला । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर