अस्ट्रेलिया । अस्ट्रेलियनहरूले आज पाउने सेन्टरलिंक लाभहरूको भुक्तानीमा थोरै वृद्धि देख्न पाउने भएका छन् । भुक्तानी वृद्धिले सेन्टरलिंक लाभहरूमा निर्भर रहने बृद्ध-बृद्धा तथा असक्तहरूका कारण एज्ड केयर तथा डिसाविलिटी सर्भिसमा प्रभाव पार्नेछ ।
आजबाट एज पेन्सन, एब्सटडी, डिसाबिलिटी सपोर्ट पेन्सन, केयर पेमेन्ट, जबसिकर तथा प्यारेन्टिङ पेमेन्ट (एकल अभिभावक) मा वृद्धि हुने भएको छ । ती सबै भुक्तानीमा ३ दशमलब ७ प्रतिशतसम्मको वृद्ध हुने बताइएको छ । पछिल्लो समय बढेको कन्जुमर प्राइस इन्डेक्सलाई ध्यानमा राखेर भुक्तानीहरूमा वृद्धि गरिएको हो ।
सेन्टरलिंकमा निर्भर हुनेका लागि राहत मिलेको भन्दै निर्णयको स्वागत गरिए पनि जबसिकरमा रहेकाहरूका लागि कुनै सम्बोधन नभएको अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसले जनाएको छ ।
६० वर्ष मुनिका व्यक्तिहरूका लागि जबसिकर दर प्रतिदिन १.७७ डलरले बढ्दै गएको छ, जुन प्रतिदिन लगभग ४७.७५ बाट ४९.५० को भुक्तानी हो । यो न्यूनतम ज्यालाभन्दा ५७ प्रतिशत कम र एज पेन्सनभन्दा ३४ प्रतिशत कम हो ।