मेलबर्नस्थित एक एज्ड् केयरमा कार्यरत सहायक नर्समाथि कुटपिट

मेलबर्नस्थित एक  एज्ड् केयरमा कार्यरत सहायक नर्समाथि कुटपिट
नेपालआईज
२६ असार २०८० ७:१८

मेलबर्न । भिक्टोरियाको ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने महिला कर्मचारीमाथि कुटपिट भएको छ । मेलबर्नस्थित भिक्टोरियन रिटायरमेन्ट भिलेजमा कार्यरत कर्मचारीमाथि एक आगन्तुकले कुटपिट गरेका हुन् ।

महिला हेरचाहकर्मीले ती पुरुष आगन्तुकलाई जुलाई ६ मा बिहान ७.३० बजे हेरचाह केन्द्रमा प्रवेश गर्नुको कारण सोधेकी थिइन् । तर ती पुरुषले हेरचाहकर्मीलाई हात समातेर उनको टाउको तथा अन्य भागमा कैयौँपटक मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ ।

२७ वर्षीया हेरचाहकर्मीलाई शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । कुटपिटपछि ती व्यक्ति फरार भएको पनि प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजीकार्ज जारी राखेको छ ।

सीसीटीभी फुटेज तथा अन्य फोटोहरू सार्वजनिक गर्दै प्रहरीले अभियुक्त एसियाली मुलका भएको आशंका गरेका छन् । फरार व्यक्तिको बारेमा जानकारी हुनेले १८०० ३३३ ००० अथवा अनलाईनमार्फत् जानकारी दिनसमेत प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर