अस्ट्रेलिया । अस्ट्रेलियाको मेलबर्नस्थित मार्वल स्टेडियममा सरसफाइ सेवा उपलब्ध गराउने मुख्य ठेक्का लिएको राष्ट्रिय कम्पनीलाई कामदारलाई कम तलब दिएको भन्दै जरिवाना गरिएको छ ।
फेयर वर्क ओम्बड्सम्यानले क्वेक्लिन अस्ट्रेलिया र यसको उप-कन्ट्र्याक्ट गरिएका दुई कम्पनीहरूबाट अदालतमार्फत् ३ लाख ३२ हजार ९ सय ६४ डलर तिराएको हो । कार्यस्थल नियामकले गरेको अनुसन्धानअनुसार कम्पनीहरूले २५ जना सरसफाइ कर्मचारीलाई सन् २०१७ मा लगभग १ लाख डलर कम दिएको फेला पारेको थियो ।
क्वाक्लिन अस्ट्रेलिया प्रालिलाई सबैभन्दा ठूलो जरिवाना १ लाख ७४ हजार ४ सय २० डलर गरिएको छ । उप-ठेकेदार कम्पनी रानवेल प्रालिलाई १ लाख १४ हजार ४ सय ८० तथा मालिक-निर्देशक, इन्दिका उदारा लोकुबालासुरियालाई पनि १५ हजार ५ सय ५२ डलर जरिवाना गरिएको छ ।