अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा रहेका एक नेपालीमाथि युवती बलात्कारको आरोप लागेको छ । आशिष लुइटेल नामक व्यक्तिमाथि आफ्नो कार्यालयमा काम गर्न आएकी एक आप्रवासी युवतीलाई कार्यालय आएको पहिलो दिनमै बलात्कार गरेको आरोप लागेको हो ।
लुइटेलले ती किशोरीलाई कार्यालयमा बलात्कार गर्नुका साथै धेरै टकीला शटहरू लिन दबाब दिएको अदालतमा सुनुवाइका क्रममा आरोप लगाइएको छ । लुइटेलले एशफिल्डको रेलवे स्टेशनबाट वाइज क्लीनिङ चलाउँछन् ।
आशिष र अर्का कर्मचारी निकेश बरालले उनलाई कार्यालयमा मदिरा पिउन कर गरेको पनि बताइएको छ । बराल र एक रिसेप्शनिस्टले उनलाई आशिषको कार्यालयमा “पार्टीको लागि” बोलाएका थिए ।
टेबलमा जोनी वाकर व्हिस्कीको बोतल र टकीलाको बोतल थियो । पार्टी सुरु भएपछि उनले कम्तिमा ३ शट टकिला पिइन् । पछि आशिषले उनलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ ।
सहमति बिना यौन सम्बन्ध राखेको भन्दै आशिषलाई पक्राउ गरी दुई वटा मुद्दा चलाइएको छ । उनले १ लाख डलर तिरेपछि जमानत भएको छ । लुइटेल चार वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् ।