Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
रोयल वेस्टर्न क्लब र केयर एयु द्वारा सि पि फुटबल खेलाडीहरुलाई स्वागत तथा सम्मान
नेपालआईज
२९ कार्तिक २०८० २:१५
मेलबर्न।नेपालबाट अष्ट्रेलियाको मेल्बर्नमा आयोजना गरिएको आइएफसीपीएफ एसिया-ओसेनिया च्याम्पियनशिपमा सहभागिता जनाउन नेपाल सेरेब्रल पल्सी फुटबल युनियनको तर्फबाट आएका नेपाली महिला खेलाडीहरु लगायत सम्पुर्ण अफिसियललाई एक समारोहका बिच स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ । रोयल वेस्टर्न क्लब र केयर एउ हेल्थ याण्ड कम्युनिटी अर्गनाइजेसनले छुट्टाछुट्टै आयोजना गरेको सम्मान कार्यक्रम कोबर्गमा अवस्थित हङ्ग्री आइ एसियन फ्युजन याण्ड बारमा भएको थियो । सम्मान कार्यक्रममा रोयल वेस्टर्न क्लबका तर्फबाट नेपाल सि पि फुटबल टोलिलाई क्लबका अध्यक्ष रोशन दाहाल, एड्मिन प्रमुख शसेन्द्र गौतम, सदस्यहरु सुनिल भण्डारी, शंकर थापाले क्लबको लोगो अङ्कित क्याप र गलबन्दी लगाइदिएर स्वागत तथा सम्मान गरेका थिए ।
छोटो समयमा जानकारी पाएर पनि केयर एउ हेल्थ याण्ड कम्युनिटी अर्गनाइजेसनले छुट्टै कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई खादा, नगद ५०० अष्ट्रेलियन डलर लगायत आबस्यक स्वास्थ्य सामग्रीहरु संस्थाका बोर्ड अफ डाइरेक्टर जिवन सुवेदी र प्रकाश सुवेदीले हस्तान्तरण गरेका थिए । संस्थाले टोलिलाई सिटी टुर र सेन्ट किल्डामा अवस्थित समुन्द्री तटको भ्रमणमा लगेको थियो । पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेलमा भाग लिन आएका उक्त टोलिका टिम क्याप्टेन रन्जना धामीले जापान विरुद्ध एक गोल गरि इतिहास रच्न सफल भएकी थिइन । नेपालले खेलेको दुबै खेलमा जित हात पार्न नसकेता पनि खेलाडीहरुले आगामी प्रतियोगिताका लागि अनुभव बटुलेको बताएका छन । केयर एउ हेल्थ याण्ड कम्युनिटी अर्गनाइजेसनका डाइरेक्टर प्रकाश सुबेदी र जीवन सुबेदीले आफ्नो संस्थाले नेपाली सि पि फुटबल टोलिलाई सम्मान तथा सहयोग गर्न पाउदा हर्ष लागेको बताउदै आगामी दिनमा पनि आबस्यक परे सहयोग गर्ने बताएका थिए । रोयल वेस्टर्न क्लबका अध्यक्ष रोशन दाहाल, सदस्य सुनिल भण्डारी र एन आर एन ए भिक्टोरियाका सचिब तथा क्लबका एड्मिन प्रमुख शसेन्द्र गौतमले खेलाडीहरुलाई सम्मान गर्न पाउँदा आफुहरु खुशी भएको र सि पि महिला फुटबल खेलाडीहरुले भोग्नु परेका समस्याहरुलाई निराकरण गर्न क्लब सधैं तत्पर रहेको बताएका थिए ।
सम्मान कार्यक्रममा सि पि फुटबलका अध्यक्ष शोभा दाहालले आफुहरुलाई अष्ट्रेलियामा रोयल वेस्टर्न क्लब र केयर एउ कम्युनिटी याण्ड हेल्थ अर्गनाइजेसनले गरेको स्वागत तथा सम्मानका लागी दुबै संस्थालाई हार्दिक आभार ब्यक्त गरेका थिए साथै यो सम्मानले सम्पुर्ण खेलाडीहरुको हौसला बढेको र बिदेशी भुमिमा पनि आफ्नोपनको महशुस भएको बताएका थिए । दुबै संस्थाको तर्फबाट सम्मान कार्यक्रमको समन्वयकारी भुमिका निर्बाह गरेकोमा सुशील चालिसेलाई फुटबल टोलिका अध्यक्ष शोभा दाहालले धन्यवाद दिएका थिए ।