Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा राजदूत कैलाश राज पोखरेल आएपछि दुई वर्षमा भए यी उपलब्धी !
नेपालआईज
२७ असार २०८१ १६:१३
अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले दुई वर्षमा गरेको कामको सूची सार्वजनीक गरेका छन् । उनले भनेका छन्, ‘मैले नेपालको संसदमा सुनवाई हुँदा गरेको प्रतिबद्धता र यहाँहरुको अपेक्षा बमोजिम यो दुई वर्ष भित्र आफ़नो जिम्मेवारी पूरा गरेको छु ।‘
यी हुन राजदूतले गरेका काम !
नेपाल र अष्ट्रेलिया बीच ब्यापार र लगानी सम्बन्धी पहिलो र महत्वपूर्ण सम्झौता Trade and Investment Framework Arrangement ( TIFA ) फेब्रुअरी 9, 2024 मा सम्पन्न भएको छ ।यसमा अष्ट्रेलियाका सहायक विदेशमन्त्री Hon. Tim Watts र मैले हस्ताक्षर गरेका छौं ।
दुई देश बिच लगातार उच्चस्तरीय भ्रमणहरु भएका छन । नेपालबाट परराष्ट्रमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च राजनीतिक तहमा र अष्ट्रेलियाबाट लामो समयपछि विदेश सहायक मन्त्री र पहिलो पटक संघीय संसदका सभामुख को तहमा भ्रमणहरु सम्पन्न भएका छन ।
अष्ट्रेलिया र न्यूजिल्याण्ड दुबै देशमा उच्चस्तरीय द्विपक्षीय वार्ताहरु सम्पन्न भएका छन ।
पासपोर्टको नवीकरणमा गतवर्ष देखिनै विना appointment पनि सेवा प्रदान गर्न सुरु गरिएकोले अहिले सेवाग्राहीहरुलाई धेरै सहज भएको छ ।
अहिले भएकै सिमित स्रोतबाट नै केहि स्थानहरुमा पासपोर्ट घुम्ति सेवा सुरु गरी यो सेवा निरन्तर चलिरहेको छ ।
सेवाग्राहिले अहिले राजदुतावासमा सहज रुपमा डेबिट र क्रेडिट कार्डबाट( टच अप्सन सहित) पनि राजस्व तिर्न सक्नु हुन्छ ।Cash निकाल्न ATM खोज्दै हिड्नु पर्दैन ।
अहिले भएकै कर्मचारीहरुको कार्य ब्यवस्थापन मिलाएर राजदुतावासमा सेवाग्राहीका फोनहरु उठाउन सकिएको छ । सबै ईमेलहरुको पनि जवाफ दिइरहेका छौ ।
नेपालबाट अष्ट्रेलियामा अहिले भै रहेको ब्यापारको अवस्था र खासगरी निर्यात सम्बन्धमा विज्ञहरु मार्फ़त राजदुतावासले एउटा अध्ययन सम्पन्न गराएको छ ।यसको प्रतिवेदन भर्खरै प्राप्त भएको छ । दुई देश बीच ब्यापारवारे राजदुतावासबाट भएको यो पहिलो अध्ययन हो ।
नेपालमा हालै सम्पन्न तेश्रो लगानी सम्मलेनमा अष्ट्रेलियाबाट सक्रिय सहभागिता भएको छ । एउटा लगानी सम्झौता पनि सम्पन्न भएको छ ।
सगरमाथा आरोहण गरेका अष्ट्रेलियनहरुलाई राजदूतावासबाट सम्मान गरिएको छ ।
राजदुतावास आफैले र NRN लगायत संघ संस्थाहरु संग मिलेर विविध पर्यटन प्रवर्धनका काम भएका छन । गत बर्ष अष्ट्रेलियाबाट नेपाल जानेहरुको संख्या 38 हजार नाघेको छ ।
नेपाल एयरलाइन्सले सिडनीमा Direct Flight गर्ने बिषयमा राजदूतावासले पहल गरी अहिले यो अष्ट्रेलिया सरकारको अन्तिम स्वीकृतिको चरणमा रहेको छ ।
राजदूतावास नेपाली संघ संस्था एवम् समुदायहरुसंग मिलेर काम गर्दै आएको कुरा यहाँहरूलाई थाहा छ । नेपाली समुदायले राजदुतावाससंग आशा गरेका धेरै बिषयहरु पुरा गर्न पाएकोमा सन्तोष लागेको छ । नेपाल- अष्ट्रेलिया सम्बन्ध, नेपाल र नेपालीहरुको हित र चासोका हरेक बिषयमा हामी निरन्तर कार्य गरी रहेका छौ ।
साधन स्रोतको अभाव सदा रहन्छ नै । यहाँहरु सबैका सकारात्मक सुझावलाई ग्रहण गर्दै राजदूतावास निरन्तर कार्यरत छ।