मेलबर्नमा लुम्बिनी-कपिलवस्तु विश्व अभियानद्वारा विभिन्न व्यक्तिहरु सम्मानित  

मेलबर्नमा लुम्बिनी-कपिलवस्तु विश्व अभियानद्वारा विभिन्न व्यक्तिहरु  सम्मानित  
नेपालआईज
३ भदौ २०८१ २३:३७

मेलबर्न ।

लुम्बिनी-कपिलवस्तु विश्व अभियान १५ औं बर्षमा चलिराखेको अबसरमा राप्रपाका अध्यक्ष एबं पूर्व उप-प्रधानमन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा मेलबर्नमा  आयोजित एक कार्यक्रमका बीच विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरियो ।

 लुम्बिनी-कपिलवस्तु विस्व अभियान १५ औं बर्षमा चलिराखेको अबसरमा राप्रपाका अध्यक्ष एबं पूर्व उप-प्रधानमन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच ५ अष्ट्रेलियन न्यासनल जुडो टाइटल होल्डर मोहन बम; बायोमेडिकल क्षेत्रमका अन्तराष्ट्रिय स्तरका बैज्ञानिक डा राजु अधिकारी; अस्ट्रेलियाको भिक्टोरिया राज्यद्धारा प्रेमियर सस्टेनेबिलिटी अवार्ड २०१५ र अन्य अवार्डद्धारा सम्मानित डा खगेन्द्र थापा; ९ बर्षकै उमेरमा नै टाइकन्डोमा ब्ल्याक बेल्ट प्राप्त गर्ने साल्मा बहमडुन; अस्ट्रेलियाको राज्य र राष्ट्रिय स्तरका बिभिन्न पुरस्कार बिजेता परिक्षित श्रेष्ठ; नेपाली माटोको सुगन्धयुक्त गीत गाएर चर्चित बनेका कन्दरा ब्यान्डका बिवेक श्रेष्ठ; अस्ट्रेलियामा बसेर शिक्षा, स्वास्थ्य, कला, अध्यागमन जस्ता विभिन्न क्षेत्रमा योगदान पुराइरहेका दक्षिण एसियाली पृष्ठभूमिका व्यवसायीहरूको २०२३ ‘टप १०० साउथ एसियन इनोभेसन बिजनेस लिडर्स भिक्टोरिया’ मा पर्न सफल मोडल तथा इभेन्ट ब्यबस्थापक सुनोद श्रेष्ठ र स्वास्थ्य एबं मानविय सेवा बिभागमा कार्यरत भएर पनि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागेर धेरै म्युजिक भिडियोमा मूल भूमिकामा रहेकी अन्जु अधिकारी सम्मानित भएका छन ।

मेलबर्नको ग्लेनरोइमा आयोजित उक्त कार्यक्रममा पानस अष्ट्रेलियाद्धारा मेलबर्नमा आयोजित कार्यक्रममा भूगोलको नेपाल र भावनाको नेपाल गरी दुई नेपाल छ भनी नयाँँ भाष्य निर्माण गरी यी दुइको अन्योन्याश्रित सम्बन्धमाथि जोड दिंदै बिदेशमा बस्ने नेपालीहरुद्धारा नेपालका समस्या समाधानमा हुने गरेका महत्वपूर्ण योगदानको प्रसंशा गर्दै आएका प्रमुख अतिथि लिङ्देनले देश सुधार्न पहिला आफू र पार्टी सुधार्नु पर्ने र भ्रस्टाचार संस्थागत गर्ने सर्बबिदित आधारहरु निमिट्यान्न पार्न पर्ने कुरामा जोड दिए ।

लुम्बिनि-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सम्मान गरिन लागेका ब्यक्तिहरुलाई सम्मान गरिनुपर्ने आधारका बारेमा प्रत्येक ब्यक्तिको छुट्टाछुट्टै भिडियो प्रस्तुत गर्दै अभियानका शुरुका अढाइ बर्षका वेलायत बस्दाको समयमा त्यहाका तात्कालिन राजदूत डा सुरेश चन्द्र चालिसेको अभिभावकत्वको भूमिका पनि त्यो अबधिमा अभियानले इन्टरनेट मार्फत ल्याएको क्रान्ति र धेरै महत्वपूर्ण उपलब्धीको एउटा कारक भन्दै प्रसंशा गरे । श्रेष्ठले अभियानले प्राप्त गरेका गतिबिधि र उपलब्धीको संक्षिप्त फेहरिस्त पेश गर्ने क्रममा वुद्धको जन्मस्थल लुम्विनी मार्फत विस्व शान्ति अभियानलाई सबलिकरण गर्दै वार्षिक डेढ अरब डलर आम्दानी गरेर नेपालको बिकासलाई कायापलट ल्याउन सकिने बताए ।

श्रेष्ठले सात देशका रास्ट्रपति र प्रधानमन्त्रीहरुलाई अभियानका तर्फबाट ती देशका पाठ्य पुस्तकहरुमा प्राबिधिक कारणले गर्दा वुद्धको जन्मस्थल बिषयमा भएका गल्तीहरु विस्व शान्ति अभियान र प्रजातन्त्रको सबलिकरण र ती देशका जनताको मानब अधिकार हननको प्रतिरक्षाका खातिर सच्याउनुपर्छ भनी आफूले तयार पारेको अनुसन्धनात्मक रिपोर्ट नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात नेपाल सरकारले ती देशहरुमा पत्राचार गरे पनि फलोअप पनि गर्नुपर्नेमा जोड दिंदै राष्ट्र संघिय निकायहरु अन्तराष्ट्रिय न्यायालय हेग र युनेस्को मुख्यालय पेरिसमा वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित राखिसकेकोले नेपाल सरकारलाई आफूले घच्घच्याए अनुरुप काम भएको भए रास्ट संघिय मुख्यालयमा स्थापित भैसक्ने थियो भन्दै पुन: नेपाल सरकारलाई घच्घच्याउने बताए ।     

सम्मान प्राप्त गर्नेहरुको तर्फबाट मन्तब्य ब्यक्त गर्दै बरिस्ठ बैज्ञानिक डा राजु अधिकारीले अहिलेको बिज्ञान र प्रबिधिको युगमा बिज्ञान र प्रबिधि सरकारको यथोचित प्राथमिकतामा नपरेसम्म कुनै देश अगाडि बढ्न नसक्ने बताउँदै नेपाल त्यस्को ज्वलन्त उदाहरण भएको बताए । डा अधिकारीले अभियानको उद्धेस्य प्राप्ती कार्यको राष्ट्रिय अन्तराष्ट्रिय महत्व भएको कारण यस्मा सबैको साथ हुने र राप्रपा जस्तो पार्टीद्धारा उठान गरिने आवाज र अभियानको उद्धेस्यका बीच तालमेल हुने भएकोले र राप्रपाका अध्यक्षको यस्मा पूर्ण समर्थन हुने कुरामा सन्देह नहुने बताए ।                 

ग्रेसको ग्लेनरोइस्थित कार्यालयको हाताभित्र आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियाको आगामी स्थानिय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका अनन्त पौडेलले आफ्नो उम्मेदवारीको उद्धेस्यमाथि प्रकाश पारे ।

राप्रपाका प्रबक्ता, कोशी प्रदेश संसदिय दलका नेता तथा कोशी प्रदेशका पूर्व कृषि मन्त्री भक्ति प्रसाद सिटौला, राप्रपाका बिदेश बिभाग प्रमुख आनन्द अधिकारी, राप्रपाका केन्द्रिय सदस्य हिकमत जंग कार्की, नेपालका तर्फबाट भिक्टोरियाका लागि अवैतनिक बाणिज्य दूत निराजन गौली लगायत मेलबर्नस्थित बिभिन्न संस्थाका प्रतिनिधिको उपस्थिती रहेको उक्त कार्यक्रमको समापनपस्चात राप्रपाका अध्यक्ष एबं पूर्व उप-प्रधानमन्त्री राजेन्द्र लिङ्देनको टोलीद्धारा आस्था नेपाली हिन्दू सोसाइटी अफ भिक्टोरियाद्धारा स्थापित पशुपति मन्दिर गएर पूजा गरियो । अभियानको कार्यक्रम अघि उक्त टोली अवैतनिक बाणिज्य दूत निराजन गौलीद्धारा आफ्नो कार्यालयमा भिक्टोरियाका नेपाली सामुदायिक संस्थाका नेता एबं प्रतिनिधिहरुसंग राखिएको अन्तरकृया कार्यक्रममा सहभागी भै उठेका प्रश्नहरुको जबाफ दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर