मेलबर्न ।
अस्ट्रेलिया भ्रमणमा रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका पूराना दलका नेताहरु भ्रष्ट भएको आरोप लगाउदै उनीहरुलाई चुनावताका आर्थिक सहयोग नगर्न अस्ट्रेलियाका नेपालीहरुलाई अनुरोध गरेका छन् ।
नेपाली कन्सुलेट अफिस भिक्टोरियाले लिङ्देनलाई समुदायसंग अन्तर्किया गराएको थियो । उक्त कार्यक्रमा सहभागीहरुले उनलाई राजतन्त्र बारे पार्टीलेनै जनमत संग्रह गराउन सुझाव दिदै भनेका थिए -तपाँइहरुले यो एजेन्डालाइ छिटो टुङ्क्ग्याउनु होस । अधिकाश सहभागीहरुले राजनीति मुद्दा छोडेर आर्थिक विकासमा केन्द्रीत हुन सहभागीहरुले लिङ्देनलाई सुझाव दिए ।
लिङ्देनले नेपालको व्यवस्था खराव भएको भन्दै आफूहरुले व्यवस्था र प्रणाली परिवर्तनको कुरा उठाएको बताए । उनले भने, “अहिले निर्वाचन प्रणालीनै खराव छ पैसाले भोट किन्नुपर्छ । तपाँईहरुले चुनावताका यहाँबाट पठाएको डलर मासुभात खुवाएर सकिएको छ । त्यसै अव तपाँईहरुले त्यस्तो सहयोग नगर्नुहोस ।“
उनले भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले आवाज उठाएको बताउदै २०४६ साल पछि र अहिले जो- जो नेतृत्वमा रहे सवैको सम्पती छानवीन गरौ, पहिलो छानवीन म बाटै गरौं उने भने- ‘ठूला दलका नेता सबै भ्रष्टारी हुन् ।‘
सहभागीहरुको प्रश्न दिने क्रमममा लिङ्देनले भने, हामीले पहिलेको जस्तो सक्रिय राजन्त्रको माग गरेका होइनौं । तर, राजालाई पनि कहि न कहि स्पेश दिनुपर्छ मात्र भनेको हो ।’
संसदवाट पारित टिआरसी विधेयक वारेमा उनले पार्टीको समर्थन रहेपनि कार्यन्वयनमा शंङ्का व्यक्त गरे । आयोग बनाएर कार्यन्वयन गर्ने भनिएको छ त्यो आयोगमा पनि ती दलका मान्छे भने पिडीतले न्याय नपाउ सक्छन लिङ्देनले भने ।
नेपालले संघीयता थेक्न नसक्ने भन्दै अव नेपालमा संघीयता खारेज गर्नुपर्ने लिङ्देनको धारणा थियो । लिङ्देन पार्टीको प्रवासी नेपाली समाज अस्ट्रेलियाको निम्तोमा यहाँ आएका हुन् ।