सेन्ट्रल अस्ट्रेलियन कलेजको नयाँ शाखा  ब्रिस्वेनमा  विस्तार ! 

सेन्ट्रल अस्ट्रेलियन कलेजको नयाँ शाखा  ब्रिस्वेनमा  विस्तार ! 
नेपालआईज
२२ भदौ २०८१ ४:३५

ब्रिजवेन  । सेन्ट्रल अस्ट्रेलियन  कलेज (सिएसी)ले ब्रिस्वेनमा नयाँ शाखा विस्तार गरेको छ। भिक्टोरियाको मेलबर्नमा मुख्य कार्यालय रहेको कलेजको यो चौथो शाखा हो। 

 ब्रिजवेनको ३४५ एन स्टेटमा रहेको यस शाखाबाट पनि सेन्ट्रल  अस्ट्रेलियन  कलेजका अन्य तीन कलेजमा पढाई हुने विषयहरु अटोमोटिभ, सिभिल कन्ट्रक्सन, कुकरी, बिजनेस, कम्युनिटि सर्विस, इन्डिभिजयल सपोर्ट र एलिकोसका कक्षाहरु पनि सञ्चालन गरिने क्याम्पस प्रमुख विवेक तामाङले बताएका छन्।

सन् २०१० मा मेलबर्नको वेस्टस्ट्रेमा स्थापना भएको सेन्ट्रल अष्ट्रेलियन कलेजले मेलबर्नकै सिभिडी र तास्मानियाको होबार्टमा आफ्नो शाखा बिस्तार गरिसकेको छ। उद्घाटन कार्यक्रममा ब्रिजवेनमा रहेका शैक्षिक परामर्श दाता, स्थानीय व्यवसायी र सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सेन्ट्रल अष्ट्रेलियन कलेजका सिनियर मार्केटिङ अफिसर खगेन्द्र सत्यालले आउने चुनौतीलाई अवसरमा परिणत गर्दै अगाडी बढ्न पर्ने बताए। यस्तै सिनियर म्यानेजर तथा सल्लाहकार एक्सले सिएसीको पञ्च वर्षीय योजनामा रहेर आफूले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिने बताए।

सिएसीमा अहिले विभिन्न १५ देशका अन्तर्राष्ट्रिय विद्यार्थी मुख्य क्याम्पस लगायत दुई शाखा क्याम्पस अध्ययन गरिहरेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर