Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
डोरेन-मरेण्डा नेप्लिज कम्युनिटीको नयाँ कार्य समिति चयन, अध्यक्ष मनोज ढुङ्गाना र सचिवमा दिपेन्द्र राय निर्वाचित !
नेपालआईज
३० भदौ २०८१ १२:३१
मेलबर्न । उत्तरी मेलबर्नमा सक्रिय नेपाली कम्युनिटी डोरेन मरेण्डमा मनोज ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार सम्पन्न साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो। नव निर्वाचित कार्य समितिमा उपाध्यक्ष, सुसन सुबेदी (मदन ) र कोषाध्यक्षमा सम्झना उप्रेती चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा गंगा आचार्य, नबिन प्रधान र सुजन न्यौपाने निर्वाचित भएका हुन्।
सभाले नव निर्वाचित सचिव दिपेन्द्र रायलाइ स्वागत गर्नुको साथै पद तथा गोपनियताको सपथ तथा माइन्युट हस्ताण्तरण गरेको थियो । नव निर्वाचित सदस्यहरुको पद तथा गोपनियताको सपथ गराईएको थियो ।
कार्य समितीको पहिलो बैठकले निर्वाचन कमिटी लगायत अघिल्लो कार्य समितिलाई धन्यवाद दिने निर्णाय पारित गरेको नव निर्वाचित सचिव दिपेन्द्र रायले जानकारी दिए।
नव निर्वाचित अध्यक्ष ढुङ्गानाले नयाँ टिममा युवा र अनुभवी सदस्यहरु भएकाले संस्थाको आगामी कार्यक्रम रचनात्मक हुने भन्दै यस क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायलाई सहयोग गर्न आग्रह गरे।
सभालाई संवोधन गर्दै नव निर्वाचित सचिव दिपेन्द्र रायले आगामी दिनमा डोरेन-मरेण्डा कम्युनिटीलाई प्रविधि मैत्री बनाउँदै यस क्षेत्रका नेपाली समुदायलाई जोड्न सक्रिय रहने बताए।
डोरेन-मरेण्डा नेप्लिज कम्युनिटी २०१६मा स्थापना भएको हो।