क्यानबेरामा डा. कृष्ण हमालको अध्यक्षतामा ‘नेप्लिज फ्रेन्ड्स अफ लेबर गठन’ 

 क्यानबेरामा डा. कृष्ण हमालको अध्यक्षतामा ‘नेप्लिज फ्रेन्ड्स अफ लेबर गठन’ 
नेपालआईज
७ असोज २०८१ ११:१३

क्यानबेरा ।  अस्ट्रेलियाको राजधानी क्यानबेरामा डा. कृष्ण हमालको अध्यक्षतामा “नेप्लिज फ्रेन्ड्स अफ लेबर” को  गठन  गरिएको छ । 

नेपाली समुदाय र अस्ट्रेलियन लेबर पार्टी एसीटीका प्रतिनिधिहरूको उपस्थिति बीच १५ सेप्टेम्बर २०२४ मा क्यानबेरामा “नेप्लिज फ्रेन्ड्स अफ लेबर” को औपचारिक रूपमा  गठन  भएको हो । 

 नवगठित संस्थाको उपाध्यक्षमा  राजन ढुंगेल, महासचिव, यज्ञ अधिकारी,  कोषाध्यक्ष, जीवन राणा , प्रवक्तामा  वासु चापागाई,  क्षेत्रीय संयोजकहरूमा  कलम खड्का र महता घिमिरे  चापागाई   रहनु भएको छ । त्यसैगरी   सदस्यहरूमा  राजेश पाठक,  श्रीनिवास नेपाल र रविन मैनाली रहनु भएको छ । 

 नव गठित  संस्थाले भविष्यमा नेपाली  समुदायलाई एकताबद्ध गर्दै नेपाली समुदायका धर्म,संस्कार, संस्कृति भाषा तथा कलाको विकास र सम्वर्दन, सामाजिक हकहित, अधिकार संरक्षण, सामाजिक विकास र  अस्ट्रेलियाको राजनीति तथा नीति निर्माण प्रक्रियामा सशक्त सहभागिता जनाउने उद्देश्य  रहेको अध्यक्ष हमालले जानकारी दिनुभयो । 

डा. कृष्ण हमालको सभापतित्वमा  भएको उक्त उद्घोषण कार्यक्रममा  अस्ट्रेलियन  क्यापिटल टेरिटोरी (एसिटी) का मुख्यमन्त्री एनड्र्यु बार,  अस्ट्रेलियन संघीय सांसद सदस्य डेभिड स्मीथ, एसिटीका योजना मन्त्री  क्रिस स्टील, एसिटी लेबर पार्टीका उम्मेदवारहरू तथा नेपाली समुदायकालागि कृयासिल रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि एवं क्यानवेरा नेपाली समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। 

अस्ट्रेलिायको राजधानी क्यानबेरमा डा. कृष्ण हमालको अध्यक्षतामा “नेप्लिज फ्रेन्ड्स अफ लेबर” को  गठन  गरिएको छ । 

कार्यक्रममा  उपस्थित अतिथिहरूलाई स्वागत गर्दै डा. हमालले अस्ट्रेलियाको राजधानी क्यानबेरामा भगवान श्री पशुपतिनाथको मन्दिर र समूदायिक भवन निर्माण को लागि आवश्यक पर्ने जग्गा प्राप्ति को लागी सनातन समाज  अस्ट्रेलिया   को अटुट पहल पश्चात एसिटी सरकारले हाल समुदायिक कार्य को लागी ६ वटा प्लोट रिलिज गरेको कुरा को सभालाई जानकारी गराउदै र त्यस मध्ये एउटा प्लोट पशुपतिनाथ मन्दिर र समुदायिक भवन निर्माण को लागी नेपाली समुदायले पाउने कुरामा आफू विश्वस्त रहेको   बताउनु भयो । 

साथै उहाँले जग्गा रिलीज गरेकोमा एसिटी सरकारलाई तथा मन्दिर निर्माण कार्यमा एकजुट भई लागिरहेको नेपाली समुदाय र सो निर्माण कार्यको अगुवाई गर्ने सनातन समाज अष्ट्रेलियालाई धन्यवाद दिनुभयो । उक्त समारोहमा  नेप्लिज फ्रेन्ड्स अफ लेबरको आवश्यकता र औचित्यका विषयमा समाजको अगुवा राजन ढुंगेलले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा  नवगठित संस्थाको महासचिव यज्ञ अधिकारीले   सहभागिहरुलाई धन्यवाद  दिनू भएको थियो भने कार्यक्रम संचालन नेपाली समुदायको युवा नेता दीक्षान्त ढुंगेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर