‘फेन्का’ को  छैटौं साधारण सभा मेलबर्नमा सम्पन्न , अस्ट्रेलियाका बहुसांस्कृतिक समुदाय एकजुट हुनुपर्नेमा जोड

‘फेन्का’ को  छैटौं साधारण सभा मेलबर्नमा सम्पन्न , अस्ट्रेलियाका बहुसांस्कृतिक समुदाय एकजुट हुनुपर्नेमा जोड
नेपालआईज
८ असोज २०८१ ११:५४

मेलबर्न ।  फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन  अस्ट्रेलिया  ( फेन्का) को   साधरणसभा विविध कार्यक्रमका साथ सेप्टेम्बर २१ मा मेलबर्नमा सम्पन्न भएको छ । 

साधाणसभाको पहिलो सत्रको अध्यक्षता फेन्का अध्यक्ष बोम योञ्जनले गर्नुभएको थियो भने  फेन्काका  पूर्व अध्यक्ष तथा संरक्षक डाक्टर कृष्ण हमालले  फेन्काको परिचय तथा  साधारण सभाको उदेश्यमाथि प्रकास पार्नुभएको थियो । 

सासाधरण सभामा उपस्थित  सहभागि तथा अतिथीहरुलाई  फेन्काका  उपाध्यक्ष डाक्टर मधु पुडाशैनीले स्वागत गर्नुभयो । साधारण सभामा  अध्यक्ष   बोम योञ्जन ,   महासिचव   कपिल पाण्डे , कोपाध्यक्ष राजन कोईरालाले  आ-आप्नो क्षेत्रको प्रतिवेदनहरु  पेश गर्नुभएको थियो ।  सभाले ध्वनीमतका साथ उहाँहरुले  प्रस्तुत  गर्नुभएको प्रतिवेदन  पारित  गर्यो । 

सभामा   विधान संयोजक  उमेश पन्तले   फेन्काका सबै सदस्य  संस्थाहरुका प्रतिनिधिहरुलाई   फेन्काको विधान पढ्न आग्रह गर्नुभयो ।   कार्यक्रमको  बन्दसत्रमा  कार्यपत्र  प्रस्तुत गर्दै  जोग लिम्बुले फेन्काले  सोचे जस्तो आर्थिक प्रगति गर्न नसकेको भन्दै अझै सक्रिए भएर खट्न  आग्रह  गर्नुभयो ।  

 फेन्का संरक्षक  डा. कृष्ण हमालले  फेन्काले स्थानीय सरकार र केन्द्रीय सरकारसंग गरैको पैरवीको  बारेमा साधरण सभालाई जानकारी  गराउनु भयो ।   वैज्ञानिक तथा अनुशन्धानकर्ता  डा .राजु अधिकारीले  अध्ययन तथा अनुसन्धामा   फेन्काले बढी समय दिनु पर्ने  भन्दै   संस्थालाई आर्थिक रुपमा सवल बनाउन आफ्नो सहयोग रहेन प्रतिवद्ता  राख्नु  भयो । स्थानीय तथा  केन्द्रीय सरकारले समुदायलाई दिने आर्थिक सहयोग फेन्कामा ल्याउन आफुले पहल गर्ने अधिकारीको भनाइ थियो । साधारण सभाको पहिलो सत्रको उद्घोषण महासचिव कपिल पाण्डेले गर्नुभएको थियो ।  

साथै   फेन्काले गरेको दोस्र सभामा   Multiculture  र  racism    विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना  गरियो ।  उक्त    विषयमा  सम्बन्धित विषयका विज्ञहरुले आ-आप्नो प्रस्तुति राख्नु भएको थियो।   उक्त   Conference को  निश्कर्ष सम्बन्धि रिपोर्ट  संस्थाका प्रबक्ता  भोला गिरीले प्रस्तुत  गर्नुभयो । 

दोस्रो चरणको  कार्यक्रममा   MP – House of Representatives for Wills, Vic , Peter Khalil, Ward, Broadmeadows. Legislative Assembly, Kathleen Matthews , Councillor Joseph Hawai of Aitken Ward, Hume City Council, Melbourne , Samantha Ratnam MP, the Victorian Greens Leader and Northern Metro Member  र   भिक्टोरियाका नेपाली  वाणिज्यदूत    निराजन गौलीले  भिक्टोरियामा रहेका नेपाली समुदायको  प्रशंसा  गर्नुभएको थियो । साथै  कार्यक्रमका वक्ताहरुले  बहुँसास्कृतिक समुदायको नेतृत्वका लागि अर्को पुस्तालाई पनि तयारी गर्नुपर्ने सुझाव दिए । 

यसैवीच  अन्रतर्क्रिया कार्यक्रममा  Bwe Thay, Deputy Chair of the Victorian Multicultural Commission (VMC), Former Race Discrimination Commissioner and Former Chair of the Victorian Multicultural Commission Chin Tan   र African Migrant Experience  तर्फबाट सहभागि Dr. Berham Ahmed  ले अस्ट्रेलियामा हुने  विभेदका बारेमा बहुँसांस्कृति समुदाय एकजुट हुने पर्ने बताए ।

 फेन्काका अध्यक्ष  बोम योञ्जन र  वैज्ञानीक डा. राजु अधिकारीले अस्ट्रेलिन सरकारले आप्रवासीहरुमाथि  मन्द रुपमा  विभेद  गरेको भन्दै गुनासो  गरेका थिए । दोश्रोसभामा बोल्ले अधिकाशं बक्ताहरुले अस्ट्रेलियामा  बहुसाँस्कृतिक समुदायका मानिहरुले   विभेद भोग्नु   परेको  बताए । 

फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अस्ट्रेलिया ( फेन्का) को   साधरणसभामा   विभिन्न समुदायका लिडर ,  व्यवसायी , राजनीति दलका प्रतिनिधिका साथै विभिन्न राज्यका   प्रतिनिधिहरुको  पनि सहभागिता रहेको थियो । 

साथै दोस्रो सभाको  कार्यक्रम  संचालन दिक्पाल देव पंगेनीले गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर