Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा रगत अभाव हुन नदिन जुटे सिड्नीका नेपालीहरू
नेपालआईज
२३ मंसिर २०८१ २०:४१
मुक्तिराम पोखरेल ( सिड्नी )-
जन्म थलो नेपाल भएर कर्म थलो अस्ट्रेलिया बनाएका नेपालीहरू अस्ट्रेलियामा विभिन्न सामाजिक काममा सक्रिय भइरहेका छन् । नेपाली समुदायका लागि मात्र हैन अस्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्यमार्फत सहयोग गरिरहेका नेपाली समुदायले रक्तदान कार्यक्रम मार्फत रगत अभाव कम गर्न सहयोग गरेका छन् ।
जन्मथलो नेपाल भए पनि आफ्नो कर्मथलोमा हुने प्रकृति विपद्का कारण रगत अभाव नहोस् भन्ने उद्देश्य राखेर रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलिया (RSNA) को आयोजना फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अस्ट्रेलिया (फेन्का ) न्यु साउथ वेल्स तथा नेप्लिज ब्लड डोनर्स एसोशियन(NBDA) अस्ट्रेलियाको सहकार्यमा एक विशेष कार्यक्रमका बिच लाइफ ब्लड सेन्टर, टाउन हलमा सिड्नीमा रक्तदान कार्यक्रम शनिवार सम्पन्न गरेको सो कार्यक्रममा १ जनाले प्लाज्मा दान गरेका छन् भने ७ जनाले होल ब्लड रगत दान गरेका छन् छ ।
सविना बस्यालले प्लाज्मा दान गरेकी छन भने होल ब्लड दान गर्नेहरूमा मुक्तिराम पोखरेल , दिवाकर काफ्ले , सरोज पाण्डे ,सञ्जन उप्रेती , शंकर शर्मा ,राजु खनाल र प्रदीप खनाल रहेका छन् । RSNA अस्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्ले को अध्यक्षता NRNA अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आथित्वता तथा RSNA का महासचिव सूचना पाण्डेको सञ्चालनमा भएको सो कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई कार्यक्रम RSNA का संरक्षक तथा फेन्का न्यु साउथ बेल्थ का डेपुटी कोडिनेटर मुक्तिराम पोखरेलले कार्यक्रमको उद्देश्य तथा महत्त्व माथि प्रकाश पार्दै अस्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ति गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो कोही पनि इच्छुक महानुभावले पनि आफ्नो पाएक पर्ने ब्लड सेन्टरमा गएर पनि बाट निरन्तर रूपमा रक्तदान गर्न सकिने पोखरेल ले बताएका थिए । कार्यक्रमका प्रमुख आथिती NRNA अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले “रक्तदान जीवनदान “जस्तो पुण्य कार्य गरेकोमा ३ वटै संस्थाले गरेको कार्यको प्रशंसा गर्दै अन्य सङ्घ संस्थाहरूले मानव लाई बचाउन यस्तो महत्त्वपूर्ण कार्य रक्तदान एवं उत्प्रेरणामूलक कार्यक्रमहरू गर्न अन्य सामुदायिक सङ्घ संस्थालाई पनि अनुरोध गरेका थिए ।
साथै सो कार्यक्रममा फेन्का अस्ट्रेलियाका उपाध्यक्ष डा मधुसूदन पुडासैनी RSNA का संस्थापक अध्यक्ष राज खनाल , NBDA अस्ट्रेलियाका अध्यक्ष एवं RSNA का उपाध्यक्ष रञ्जिता भण्डारी RSNA का कोषाध्यक्ष प्रदीप पन्थि लगायतका ले रक्तदान जीवन जस्तो पुण्य कार्य गरेको भन्दै कार्यक्रमको सरहना गर्दै एउटै उद्देश्य मिल्ने सङ्घ संस्थाहरू एक आपसमा सहकार्य , समन्वय गरी मानवीय हितका लागि अगाडि बढ्नु पर्ने भन्दै आ -आफ्नो धारणा व्यक्त गर्नु भएको थियो भने सो कार्यक्रममा आयोजक संस्थाका पदा धिकारी सदस्य एवं विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिति रहेको थियो ।