Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
मेलबर्न । देश छोडेर बिदेसिएपछि कतिपयलाई त नेपालमा मनाइने चाडबाडहरू आए गएको पनि पत्तो हुँदैन । व्यस्त -व्यस्तैमा विदेशमा समय बितेको वितिहरेको हुन्छ । अझ विद्यार्थी जीवनको सङ्घर्ष त झन् पिडादायी नै हुन्छ । व्यस्त विदेशको दैनिकीबाट कहिले कहीँ मुक्ति पाउनका लागि आफ्नै जन्मभूमिमा मातापिता र आफन्तसँग भेट गर्नु पर्छ भन्ने सन्देश सहितको म्युजिक भिडियो ‘म आउँदैछु’ अस्ट्रेलियामा सार्वजनिक भएको छ ।
उक्त म्युजिक भिडियोमा मेलबर्न निवासी उत्सव लामिछानेको शब्द र सङ्गीत रहेको छ । देश छोडेर अध्ययनका परदेसिएकाहरुको दिनचर्यामा आधारित रहेर यो म्युजिक भिडियो बनेको हो ।
लामिछाने भन्छन् – ‘विदेशको व्यस्तताबाट बाहिर निस्कनुपर्छ र बेलाबेला मातापिता तथा आफन्तसँगको भेट्न नेपाल जाने समय पनि निकाल्नु पर्छ । ‘ उनी थप्पछन- ‘हामीले यसरी आफ्नो लागि पनि समय निकाल्ने हो भने हाम्रो मानसिक स्वास्थ्य राम्रो हुन्छ । यही सन्देश दिनका लागि मैले यो चेतनामूलक म्युजिक भिडियो निर्माण गरेको हुँ ।’
उक्त भिडियोको म्युजिक ए रेन्जर कोविद बज्राचार्य हुन भने म्युजिक भिडियोमा लामिछाने आफै र आविस्कार शर्माले मुख्य भूमिका निभाएका छन् । म्युजिक भिडियोको छायाँङ्कन तथा सम्पादन मेलबर्न स्थित लेभल एक्स प्रोडक्सनका विदुर दाहालले गरेका हुन् ।