मेलबर्न । अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबको आयोजनामा ‘कँडेल कप’ को १४औं संस्करण आगामी मार्च ८ र ९ मा हुने भएको छ ।
प्रतियोगितामा पुरुष खुल्ला र ३५ वर्षभन्दामाथि गरि दुई विधा समावेश गरिएको छ । खुलातर्फ २४ र ३५ वर्षभन्दामाथितर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई कँडेल कन्सल्टेन्सीले मुख्य प्रायोजकका रूपमा साथ दिएको छ । यसैगरी सफायर रियल स्टेटले प्रायोजन गरेको छ ।
प्रतियोगितामा खुलाको विजेताले १२ हजार र उपविजेताले ४ हजार ५०० अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । यसैगरी ३५ वर्षमाथिको विजेतालाई २ हजार ५०० उपविजेतालाई १ हजार अस्ट्रेलियन डलल प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता र ‘फेयर प्ले’अवार्ड जित्ने टोलीले जनही २०० अस्ट्रेलियन डलर पाउनेछन् ।