अस्ट्रेलियामा नेपाली पत्रकारिता: एन्जाको भावी नीति, कार्यक्रम र नेतृत्वको परिकल्पना

अस्ट्रेलियामा नेपाली पत्रकारिता: एन्जाको भावी नीति, कार्यक्रम र नेतृत्वको परिकल्पना
नेपालआईज
२७ माघ २०८१ १२:४१


अस्ट्रेलियामा नेपाली समुदायको तीव्र वृद्धि भएसँगै नेपाली पत्रकारिताको भूमिकासमेत महत्वपूर्ण बन्दै गएको छ। नेपाली डायस्पोराको आवाज बुलन्द गर्ने, सूचना प्रवाह गर्ने र समुदायलाई एकीकृत गर्ने कार्यमा नेपाली पत्रकारिता  सक्रिय  रहँदै आएको छ। तर, प्रवासी भूमिमा पत्रकारिताको भौतिक, आर्थिक र संस्थागत सीमाहरूका कारण चुनौतीको चाङ्नै लागेको छ । 

अस्ट्रेलियामा नेपाली पत्रकारहरु  विविध माध्यममा क्रियाशील छन्। समाचार पोर्टलहरू, रेडियो, टेलिभिजन, युट्युब च्यानलहरू तथा सामाजिक सञ्जालहरू मार्फत पत्रकारिता फस्टाइरहेको छ। तर, यी माध्यमहरूममा व्यावसायिकता अझै पनि स्थापित गर्न बाँकी रहेको र निष्पक्ष पत्रकारिताका आधारभूत मूल्यहरूसँग कहिलेकाहीँ सम्झौता गरिनुपर्ने अवस्था देखिन्छ।


पत्रकारिता प्रशिक्षण र क्षमता अभिवृद्धि: नयाँ पत्रकारहरूलाई तालिम दिने, अनलाइन तथा अफलाइन कार्यशालाहरू सञ्चालन गर्ने।

संस्थागत संरचनाको विकास: नेपाली पत्रकारहरूको साझा संगठनलाई मजबुत बनाउने, सदस्यहरूको हकहित सुनिश्चित गर्ने।

नयाँ प्रविधिको उपयोग: डिजिटल पत्रकारितामा लगानी गर्ने, अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्द्धन गर्ने।

साझेदारी र समन्वय: अस्ट्रेलियन मूलधारका सञ्चारमाध्यम सँग सहकार्य गर्ने र नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने।

वित्तीय स्रोत र आत्मनिर्भरता: विज्ञापन, सदस्यता शुल्क, कोष संकलन तथा परियोजनाहरू मार्फत आर्थिक स्रोत सुनिश्चित गर्ने।

नेतृत्वनै पत्रकारिता क्षेत्रलाई सही दिशामा लैजान सक्ने मुख्य आधार हो। नयाँ नेतृत्व चयन गर्दा निम्न विशेषताहरू आवश्यक देखिन्छ:

अनुभवी र सक्षम: पत्रकारितामा अनुभव र दक्षता भएका व्यक्ति नेतृत्वमा आउनुपर्छ।

निष्पक्ष र पारदर्शी: कुनै गुटगत वा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने नेतृत्व आवश्यक छ।

समावेशी: महिला, युवा तथा विविध पृष्ठभूमिका पत्रकारहरूलाई समेत प्रतिनिधित्व दिने नेतृत्व हुनुपर्छ।

समुदायसँग जोडिएको: अस्ट्रेलियाका नेपाली समुदायका सरोकार उठाउन सक्ने, उनीहरूलाई समेट्ने क्षमता भएको नेतृत्व आवश्यक छ।

अस्ट्रेलियामा नेपाली पत्रकारिता भर्खरै संस्थागत रूप लिँदैछ। यसलाई अझ सुदृढ, व्यवस्थित र व्यावसायिक बनाउन स्पष्ट नीति, दीर्घकालीन कार्यक्रम र सक्षम नेतृत्व अपरिहार्य छ। यदि हामी पारदर्शिता, समावेशिता, प्रविधि र व्यावसायिकताको सहि संयोजन गर्न सक्यौं भने नेपाली पत्रकारिता प्रवासी भूमिमा थप सशक्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर