गोरखनाथको कथा: बैंकबाट मोर्टगेज ब्रोकरसम्म…

गोरखनाथको कथा: बैंकबाट मोर्टगेज ब्रोकरसम्म…
नेपालआईज
५ फागुन २०८१ ३:५३

स्तम्भ : घर जग्गाका कुरा…


अस्ट्रेलियाको Mortgage  क्षेत्रमा गोरखनाथ तिमिल्सिनाको यात्राको प्रारम्भिक क्यारियर  Broker Assistant  को रूपमा भएको थियो । करीब आधा दशक  Broker Assistant  मा कार्य अनुभव भएपछि उहाँले अस्ट्रेलियाको एक प्रतिष्ठित  बैंकमा सिनियर क्रेडिट अफिसरको रुपमा सेवा गर्नुभयो । उक्त बैंकमा पनि करीब आधा दशकको यात्रा तय गरेपछि उहाँ आफ्नै फाइनान्स दर्ता गरेर हाल अस्ट्रेलियाको  Mortgage  उद्योगमा  सक्रिय हुनुहुन्छ ।

CAPKON  होम लोनमा आफ्नो प्रारम्भिक वर्षमा उहाँले ब्रोकेरेज डिभिजनको नेतृत्व गर्दै Loan Processing, Loan Underwriting, / Loan Submission मा ९५  प्रतिशत  स्वीकृतिका रेकर्डकायम राख्नुभएको थियो । यसका साथै उहाँले    Underwriting   मापदण्डहरूको पूर्ण जानकारी राख्दै आफ्ना क्लाइन्टका लागि सर्वोत्तम ऋण समाधान तयार गर्नुभएको थियो । यतिमात्र नभएर, उहाँले टिमको व्यवस्थापन गर्दै प्रशिक्षण र बजार विश्लेषणमा मार्गदर्शन समेत प्रदान गर्नुभएको थियो ।उहाँको नेतृत्वमा  Loan को, Pre Approval, Formal Approval/ Property Valuation जस्ताप्रक्रियाहरूलाई अझ प्रभावकारी बनाउन मद्दत पुगेकोथियो ।  

CAPKON  होम लोनपछि तिमिल्सिनाको क्यारियरको अर्को चरण अष्ट्रेलियाको प्रतिष्ठितबैकमा क्रेडिट अफिसरका रूपमा प्रारम्भ भयो । यसक्रममा उहाँले क्रेडिट विश्लेषण र जोखिममूल्याङ्कनमा व्यापक र गहिरो अनुभव हासिलगर्नुभयो । उहाँले वित्तीय विवरण, क्रेडिट रिपोर्ट रउद्योग प्रवृत्तिहरूको गहिरो विश्लेषण गर्दै क्रेडिटयोग्यताको मूल्याङ्कन गर्ने कार्य गर्नुभयो । उहाँको जोखिम  मूल्याङ्कन क्षमताले उहाँलाई बैंकमा लोन संरचना Delegated Credit Authority  मापदण्ड र नियमहरूको  परिपालनामा दक्ष बनाएको थियो ।साथै, उहाँले १.५ मिलियन डलरको Authority  को अधिकार समेत प्राप्त गर्नु भएको थियो । बैंकिङ क्षेत्रमा यो असामान्य  Home Loan  हो । यस सन्दर्भमा उहाँले १२ हजार भन्दा बढी आवासीयका आवेदनहरू स्वीकृत गर्नुभएको थियो ।

अस्ट्रेलियाको  Mortgage  उद्योगमा गोरखनाथ तिमिल्सिना स्थापित हुनुमा उहाँमा रहेको उत्कृष्टशैक्षिक  पृष्ठभूमिले पनि भूमिका खेलेको छ । गोरखनाथले शैक्षिक यात्रामा नेपालबाट SLC मा डिसिटङ्सन, +2 मा विज्ञान सङ्कायबाट प्रथम श्रेणीर विएस्सि कम्प्युटर साइन्समा पनि प्रथम श्रेणीहासिल गरेर आफ्नो अब्बल शैक्षिक पृष्ठभूमि स्थापितगर्नु भएको थियो ।

शैक्षिक यात्राको क्रममा अत्यधिक मेहनत र लगनशीलता प्रस्तुत गर्न सक्षम तिमिल्सिनाको यही लगनशीलताको यात्राले  अस्ट्रेलियाको Mortgage  उद्योगमा पनि निरन्तरता पायो । यही परिश्रमी स्वभावले गर्दा CAPKON Home Loan  रबैंकमा उत्कृष्ट कार्य अनुभव हासिल गर्न सफल तिमिल्सिनालाई आज अस्ट्रेलियाको  Mortgage उद्योगमा एक सक्षम, सफल र दक्ष Senior Mortgage Consultant  को रुपमा स्थापित गराएकोछ ।

व्यवसायिक सफलता र उत्कृष्ठ शैक्षिक पृष्ठिभूमिमात्र नभएर गोरखनाथसँग अन्य उत्कृष्ट विश्लेषणात्मक सीपहरू र थप विशेषताहरु पनिछन् । यी सीपहरुले उहाँलाई Mortgage Industry  मा सम्भावित जोखिमहरू पहिचान गर्न र तिनकालागि निवारण रणनीतिहरू पहिल्याउन सक्षम बनाएकोछ । आफ्नो कार्यलाई ध्यानपूर्वक र समयसीमा भित्रउचित ढङ्गले सम्पन्न गर्नु उहाँको एक उत्कृष्ट  क्षमतार विशेषता हो  ।  

कार्यक्षेत्रमा केबल  Traditional  Mortgage Loan मात्र होइन, स्वतन्त्र व्यवसायी  मालिकहरूको लोन रSMSF  लोन जस्ता विशिष्ट क्षेत्रहरूमा पनि उहाँकोविशेष दक्षता छ । उहाँले ग्राहकहरूको विशिष्टआवश्यकता र परिस्थितिमा आधारित भएर ऋणसमस्याहरुमा समाधान प्रदान गर्ने काममा विशेषअनुभव हासिल गर्नु भएको छ ।  यसका साथैगणितमा विशेष रुचि र दक्षता भएका गोरखनाथकोसंख्यात्मक विश्लेषणमा गहिरो  पकड छ, जसलेउहाँलाई वित्तीय क्षेत्र– विशेष गरी Mortgage लोनकोक्षेत्रमा सफलता प्राप्त गर्नमा मद्दत    पुर्याएको  छ  ।हाल उहाँले आफ्नो शैक्षिक पृष्ठभूमि र व्यावसायिकअनुभवका माध्यमबाट अस्ट्रेलियाको  Mortgage  व्यवसायमा एक उदीयमान् नक्षत्रको स्थान हासिलगर्नुभएको छ ।

गोरखनाथ तिमिल्सिना केवल एक सफल Mortgage Broker मात्र नभई Senior Mortgage Consultant  हुनुहुन्छ । उहाँले नयाँ Mortgage Broker हरूलाईपनि सफल बनाउनमा महत्वपूर्ण  भूमिका खेल्नु भएकोछ । गोरखनाथका मार्गदर्शन र सहयोगले करीब एकदर्जन ब्रोकरहरूलाई आज Mortgage  क्षेत्रको सफलव्यवसायीमा परिणत गराएको छ । यस क्रममा उहाँलेधेरै युवा र नवप्रवेशी  Mortgage Broker  हरूलाईब्याक अफिस समर्थन र प्रशिक्षण प्रदान गर्नु भएको छ। जसले  उनीहरूलाई Mortgage उद्योगमा स्थापितहुन मद्दत पुर्याएको छ  ।  

यति मात्र नभई उहाँले नयाँ Broker हरूको टीमनिर्माण, बजार विश्लेषण र प्रक्रियामा सहयोग गर्दैउनीहरूको व्यवसायलाई थप सशक्त र सक्षम बनाउनभूमिका निर्वाह गर्नु भएको छ ।  यसले उहाँको केवलव्यक्तिगत सफलता मात्र नभई सामूहिक विकासमापनि ठूलो योगदान पुर्याएको छ  । नयाँ ब्रोकरहरूकोसफलता र स्थायित्वमा योगदान पुर्याएको उहाँलेसमग्र Mortgage  उद्योगमा नेपाली व्यावसायीहरुलाईस्थापित गराउन योगदान पुर्याउनु भएको छ ।  

गोरखनाथ तिमिल्सिनाको पहिचान केवल गणितीयक्षमताको मात्र होइन, व्यावसायिक  जीवनमा समर्पण, उत्कृष्टता, सहयोग समझदारी र परोपकारको पनि हो। यसरी गोरखनाथ तिमिल्सिनाले  विशिष्ट गणितीयक्षमताको जगमा  वित्तीय क्षेत्रमा आफ्ना उत्कृष्टज्ञानका साथ अस्ट्रेलियाको  उद्योगमा  आफ्नो रआफ्नो नेपाली समुदायको अद्वितीय स्थान बनाउनसफल हुनु भएको छ । ब्रोकर सहायकको  रूपमा रबैंकमा क्रेडिट अफिसरको रूपमा उहाँलाई प्राप्तभएको अनुभव र सफलताले आज उहाँलाई  Senior Mortgage Consultant  को रूपमा स्थापितगराएको छ । उहाँका प्रयासहरूले अस्ट्रेलियामा रहेकाअन्य पेशा व्यवसायमा संलग्न नेपालीहरूलाई पनिआफ्नो क्यारियरमा सफलता हासिल गर्नका लागिअतुलनीय प्रेरणा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर