नेपाल फेस्टिभल मेलबर्न नयाँ स्वरुपमा, सम्पूर्ण खर्च नेपाली व्यवसायीबाट जुट्यो

नेपाल फेस्टिभल मेलबर्न नयाँ स्वरुपमा, सम्पूर्ण खर्च नेपाली व्यवसायीबाट जुट्यो
नेपालआईज
१८ फागुन २०८१ १२:५७

छत्र शंकर


मार्च १५ मा  मेलबर्नमा आयोजना हुन लागेको नेपाल फेस्टिभल यस वर्ष नयाँ स्वरुपमा प्रस्तुत गरिने भएको छ। आयोजक समितिले महोत्सवलाई थप भव्य बनाउन ढाँचा परिमार्जन गरिएको जानकारी शनिबार पत्रकार सम्मेलन मार्फत दिएको छ।

नेपाल फेस्टिभल मेलबर्न नेपाली समुदायको सहभागितामा आयोजना गरिंदै आएको प्रमुख सांस्कृतिक कार्यक्रम हो। यस वर्ष महोत्सवको परिकल्पना, व्यवस्थापन र सञ्चालनमा विविध परिवर्तन गर्दै नेपाली संस्कृति झल्काउने नयाँ प्रस्तुति समावेश  गरिएको  एनआरएनए भिक्टोरियाका उपसंयोजक महादेव धानुकले  जानकारी दिए । 

नेपाल फेस्टिभललाई सफल पार्न विभिन्न टास्क फोर्स गठन गरिएको छ। पब्लिकेसन संयोजनमा दिनेश बन्जरा, भेन्यु व्यवस्थापनमा हेम दुलाल र ससेन्द्र केसी, डिस्प्ले तथा डेकोरेशन टास्क फोर्समा डा. तिलक पोखरेल र प्रतिभा शाह, सांस्कृतिक प्रस्तुति संयोजनमा कृष्ण महरा, कल्चरल परेड तथा फस्ट एड संयोजनमा रोशनी श्रेष्ठ तथा दिदीबहिनी समाज, स्टेज व्यवस्थापनमा उज्वल अधिकारी, स्वयंसेवक व्यवस्थापनमा मदन सुवेदी तथा न्याभले सयोजन गर्ने छ ।  साथै  कार्यक्रम प्रस्तोता संयोजनमा लक्ष्मण सन्जेल, अतिथि व्यवस्थापनमा भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत निराजन गौली, ससेन्द्र केसी र महादेव धानुक संलग्न छन्।

महोत्सवमा नेपाली संस्कृति झल्कने विभिन्न कार्यक्रम प्रस्तुत गरिने छन्। रामजानकी मन्दिर, विवाह मण्डप, धान रोपाइँ जस्ता विशेष आकर्षण रहनेछन्। अस्ट्रेलियामा जन्मेहुर्केका नेपाली मूलका सन्तानलाई धान रोपाइँको अनुभव दिन विशेष कार्यक्रम राखिएको छ।

फेस्टिभलको सुरक्षा व्यवस्थापनका लागि भिक्टोरिया प्रहरीसँग समन्वय गरिएको छ। साथै, प्राथमिक उपचार (फस्ट एड) व्यवस्थापन दिदीबहिनी समाजले गर्नेछ भने  महोत्सव अवधिभर एम्बुलेन्स सेवासमेत तयारी अवस्थामा राखिने  छ।

महोत्सवमा  क्षेत्रीय भिक्टोरिका नेपालीहरुको सहभागीताका  लागि बेन्डिगो, बलाराट र सेपार्टनबाट विशेष बस सेवा सञ्चालन गरिने एनआरएन भिक्टोरियाका उपसंयोजक महादेव धानुकले जानकारी दिए । 

फेस्टिभलको सम्पूर्ण खर्च नेपाली व्यवसायीहरूको सहयोगबाट जुटाइएको छ। मेलबर्न सिटी काउन्सिलले १५ हजार डलर अनुदान दिएको छ भने, कुल खर्च २ लाख २० हजार डलर अनुमान गरिएको छ। आयोजकले कम लागतमा महोत्सव सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समुदायको सहभागिता र पारदर्शिता  फेस्टिभलपछि आर्थिक विवरण सार्वजनिक गर्ने   एनआरएनए अस्ट्रेलियाका प्रवक्ता बविन  मिश्रले जानकारी दिए।  एनआरएनए भिक्टोरिया संयोजक मणिरत्न सापकोटाले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।

नेपाल फेस्टिभल मेलबर्नमा यस वर्ष भिक्टोरियाकी मुख्य मन्त्री जसिन्टा एलान प्रमुख अतिथि रहनेछिन्। साथै, नेपाली राजदूत चित्रलेखा यादव विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। संघीय तथा राज्य सांसद, स्थानीय काउन्सिल तथा सरकारी प्रतिनिधिहरूलाई समेत आमन्त्रण गरिएको छ।

नेपाल फेस्टिभल मेलबर्न यस वर्ष थप भव्य र सव्य हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार नेपाली संस्कृति, खाना, संगीत, परम्परा, र समुदायलाई एकत्रित गर्ने यो महोत्सव सम्पूर्ण नेपालीका लागि गौरवको क्षण बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर