अस्ट्रेलियामा बन्दुकसहित विमान चढ्न खोजेपछि

अस्ट्रेलियामा बन्दुकसहित विमान चढ्न खोजेपछि
नेपालआईज
२२ फागुन २०८१ २०:३२


मेलबर्न। भिक्टोरिया प्रहरीले एभालोन एयरपोर्टमा सुरक्षा तार काटेर प्रवेश गरी लोडेड बन्दुकसहित जेटस्टार विमान चढ्न खोज्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

शुक्रबार साँझ उक्त किशोर सुरक्षा घेरामा रहेको तारको प्वाल हुँदै एयरपोर्टमा प्रवेश गरेका थिए। उनी विमान चढ्न खोज्दै गर्दा एक यात्रुले उनलाई नियन्त्रणमा लिएर बन्दुक खोसिएको थियो। अन्य यात्रु तथा पाइलटको सहयोगमा किशोरलाई विमानमै नियन्त्रणमा राखिएको थियो।

पछि प्रहरी आएर उनलाई पक्राउ गरेको भिक्टोरिया प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर