बिना लाइसेन्स अस्ट्रेलियाको समुद्रमा माछा मार्ने सात जनालाई देशनिकाला गरिँदै

बिना लाइसेन्स अस्ट्रेलियाको समुद्रमा माछा मार्ने सात जनालाई देशनिकाला गरिँदै
नेपालआईज
३० फागुन २०८१ २२:३५

डार्विन – अस्ट्रेलियाली जलक्षेत्रमा अवैध रूपमा माछा मार्ने सात जना इन्डोनेसियाली नागरिकलाई डार्विन लोकल अदालतले दोषी ठहर गरेको छ।

अस्ट्रेलियाली अधिकारीहरूले क्रोकर टापु नजिक अवैध रूपमा माछा मारिरहेको इन्डोनेसियाली डुङ्गा पहिचान गरी नियन्त्रणमा लिएर पक्राउ गरेका थिए।

प्रहरीले उक्त डुङ्गाबाट ३३९ वटा सार्कको फिन, थोप्रा माछा मार्ने सामग्री र नुन बरामद गरेको थियो, जुन समातिएका माछाहरूलाई प्रशोधन तथा संरक्षण गर्न प्रयोग गरिँदै आएको थियो।

पक्राउ परेका चालक दलका सदस्यहरूलाई डार्विन लगेर अस्ट्रेलियाली मत्स्यपालन व्यवस्थापन प्राधिकरण (AFMA) द्वारा थप अनुसन्धान गरिएको थियो।

सबै माछा मार्ने गतिविधिहरू Fisheries Management Act 1991 (Cth) अन्तर्गत गैरकानुनी ठहर गरिएको छ, र उनीहरूविरुद्ध मुद्दा लगाइएको छ।

दोषी ठहर गरिएका व्यक्तिहरूलाई चाँडै इन्डोनेसियामा फर्काइने तयारी गरिँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको