अस्ट्रेलियामा विपक्षीले जिते अपराध गर्नेको नागरिकता खारेज गरी डिपोर्ट गर्ने

अस्ट्रेलियामा विपक्षीले जिते अपराध गर्नेको नागरिकता खारेज गरी डिपोर्ट गर्ने
नेपालआईज
४ चैत २०८१ ०:३७


अस्ट्रेलिया – विपक्षी नेता पीटर डटनले आपराधिक गतिविधिमा संलग्न दोहोरो नागरिकता भएकाहरूको अस्ट्रेलियाली नागरिकता खारेज गर्ने आफ्नो प्रस्ताव दोहोर्याएका छन्। उनले यदि आफू निर्वाचित भए संविधान परिवर्तनका लागि जनमत संग्रह गराउने घोषणा गरेका छन्।

डटनका अनुसार आतंकवाद जस्ता गम्भीर अपराधमा दोषी ठहरिएका व्यक्तिहरूको नागरिकता रद्द गर्ने अधिकार मन्त्रीहरूलाई दिनुपर्छ। यस योजनामा वरिष्ठ लिबरल सांसदहरूको समर्थन रहेको छ।

तर, यो प्रस्तावलाई आलोचना गरिएको छ, विशेषगरी प्रधानमन्त्री एन्टोनी अल्बानिजले अक्टोबर २०२३ मा गरेको ‘द भ्वाइस टु पार्लियामेन्ट’ जनमत संग्रह असफल भएपछि। उक्त जनमत संग्रहले अस्ट्रेलियाली जनतामा व्यापक विवाद सिर्जना गरेको थियो र सरकारले त्यसका लागि ४०० मिलियन डलर खर्च गर्नुपरेको थियो।

डटनको प्रस्ताव उच्च अदालतको २०२२ को फैसलासँग पनि बाझिने देखिन्छ। अदालतले मन्त्रीहरूले नागरिकता खारेज गर्न नसक्ने फैसला गरेको थियो, किनकि त्यसलाई ‘प्रतिशोधको रूपमा गरिएको दण्ड’ मानिएको थियो।

डटनले मंगलबार बिहान सनराइज कार्यक्रमका नाट बारसँगको अन्तर्वार्तामा आफ्नो प्रस्तावको बचाउ गर्दै जनमत संग्रह आवश्यक भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर