ब्रिस्बेनमा बैंक कार्ड, स्मार्टवाच वा मोबाइल ट्याप गरेर बस भाडा तिर्न सकिने

ब्रिस्बेनमा बैंक कार्ड, स्मार्टवाच वा मोबाइल ट्याप गरेर बस भाडा तिर्न सकिने
नेपालआईज
५ चैत २०८१ ९:३५

अस्ट्रेलिया । ब्रिस्बेनका यात्रुहरू आगामी सोमबारदेखि आफ्नै बैंक कार्ड, स्मार्टवाच वा मोबाइल फोन ट्याप गरेर बस भाडा तिर्न सक्नेछन्। नयाँ प्रणाली लागू भएपछि सार्वजनिक यातायातमा यात्रा गर्न झन् सहज हुने अपेक्षा गरिएको छ।

तर, यो सुविधासँगै यात्रुहरूले ‘कार्ड क्ल्यास’ अर्थात् धेरै कार्ड एकैसाथ ट्याप हुँदा भाडा कटौतीमा समस्या आउन सक्ने सम्भावना पनि रहेको विज्ञहरूले बताएका छन्। त्यसैले, यात्रुहरूलाई एउटै कार्ड वा डिभाइस प्रयोग गर्न सुझाव दिइएको छ।

ब्रिस्बेन ट्रान्सपोर्ट प्रणालीलाई डिजिटल भुक्तानीमैत्री बनाउन यो नयाँ प्रविधि लागू गरिएको हो, जसले यात्रुहरूको समय बचत गर्न र भुक्तानी प्रक्रियालाई सरल बनाउन मद्दत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर