Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
होलिडे जाने सोचमा हुनुहुन्छ ? यी देशहरुमा यात्र नगर्न अस्ट्रेलियन सरकारको चेतावनी
नेपालआईज
१२ चैत २०८१ २३:४४
छत्र शंकर –
अस्ट्रेलियन सरकारले हालै नयाँ ‘डु नट ट्राभल’ सूची सार्वजनिक गर्दै २० भन्दा बढी देशहरूमा यात्राका लागि कडा चेतावनी जारी गरेको छ। स्मार्ट ट्राभलर (smartraveller.gov.au) को रिपोर्टअनुसार, यी देशहरूमा यात्रा गर्दा अस्ट्रेलियन नागरिकहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम हुनसक्ने बताइएको छ।
किन यात्रा नगर्न भनिएको छ?
सरकारका अनुसार, यी गन्तव्यहरूमा आतङ्कवादी आक्रमण, द्वन्द्व, हिंसात्मक सामाजिक अशान्ति, संक्रामक रोगको उच्च जोखिम, र गम्भीर अपराधिक क्रियाकलापको खतरा अत्यधिक रहेको छ। यदि कुनै अस्ट्रेलियन नागरिक समस्यामा पर्छ भने, सरकारको कूटनीतिक सहयोग अत्यन्त सीमित हुने चेतावनी दिइएको छ।
बुर्किना फासो, केन्द्रीय अफ्रिकी गणतन्त्र, चाड, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, लिबिया, माली, नाइजर, सोमालिया, दक्षिण सुडान, सुडान
दक्षिण अमेरिका
भेनेजुएला
क्यारिबियन
हाइटी
सरकारको सिफारिस
अस्ट्रेलियन सरकारले यी गन्तव्यहरूमा यात्रा योजना बनाएका नागरिकहरूलाई पुनर्विचार गर्न अनुरोध गरेको छ। साथै, यदि कोही हाल यी देशहरूमा रहेका छन् भने, उनीहरूले यथाशीघ्र सुरक्षित स्थान खोज्न वा आवश्यक परेमा स्वदेश फर्किन सिफारिस गरिएको छ।
सरकारले भनेको छ, “यदि तपाईँ यी गन्तव्यहरूमा यात्रा गर्नुहुन्छ भने, कुनै पनि आपत्कालीन परिस्थितिमा अस्ट्रेलियन सरकारको सहयोग प्राप्त गर्न निकै गाह्रो हुनसक्छ।”
नागरिकलाई स्मार्ट्राभलर वेबसाइटबाट अपडेटहरू हेर्न र आवश्यक पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ।