मेलबर्नमा NDIS सेवा प्रदायकहरूका लागि नेटवर्किङ र लगानीबारे विशेष कार्यक्रम, अप्रिल ११ मा हुँदै

मेलबर्नमा NDIS सेवा प्रदायकहरूका लागि नेटवर्किङ र लगानीबारे विशेष कार्यक्रम, अप्रिल ११ मा हुँदै
नेपालआईज
१३ चैत २०८१ २३:३३

मेलबर्न– अष्ट्रेलियामा एनडीआईएस (NDIS) व्यवसाय सञ्चालन, विस्तार तथा लगानीका अवसरबारे जानकारी दिन FINYE Australia ले ‘NDIS Business Unlocked’ कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी अप्रिल ११ मा मेलबर्नमा हुने यो कार्यक्रम विशेष गरी नयाँ स्टार्टअप, स्थापित एनडीआईएस सेवा प्रदायकहरू तथा एनडीआईएस र एसडीए (SDA) लगानी सम्भावनाहरू खोजिरहेका व्यक्तिहरूका लागि लक्षित गरिएको छ।

कार्यक्रमका मुख्य विशेषताहरूमा अनुपालन (compliance) सम्बन्धी सचेतना, व्यवसाय तथा बजारको जानकारी, लगानी रणनीतिहरू, विशेषज्ञ वक्ताहरूको सहभागिता, नेटवर्किङ अवसरहरू तथा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र रहेका छन्। FINYE Australia की अध्यक्ष सुजाता चालिसेका अनुसार, एनडीआईएस क्षेत्रमा व्यवसाय गर्ने तथा लगानी गर्न इच्छुकहरूका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ।

कार्यक्रम Batman’s Hill On Collins, 623 Collins St, Melbourne VIC 3000 मा साँझ ६:०० बजेदेखि ९:३० बजेसम्म सञ्चालन हुनेछ। सहभागिताका लागि दर्ता शुल्क $100 तोकिएको छ। इच्छुक सहभागीहरूले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सक्नेछन्:

📞 बासु देव मरहट्टा – 0420 800 432

📞 सबिना सिलवाल – 0467 858 319

📞 सुजाता चालिसे – 0406 224 370

📞 कमल सिलवाल – 0430 094 557

आयोजकका अनुसार, पछिल्लो समय नेपाली समुदायमा पनि NDIS व्यवसायमा संलग्न हुनेहरूको संख्या बढ्दै गएको छ। यस कार्यक्रमले NDIS क्षेत्रको व्यावसायिक सम्भावनाहरू बुझ्न तथा व्यवसायलाई अझ व्यवस्थित र दिगो बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर