अस्ट्रेलियाको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत राख्ने निर्णय

अस्ट्रेलियाको केन्द्रीय बैंकद्वारा ब्याजदर यथावत राख्ने निर्णय
नेपालआईज
१८ चैत २०८१ ९:४५

क्यानबेरा । मंगलबार बसेको बैठकमा अस्ट्रेलियाको रिजर्भ बैंक (RBA) ले नगद ब्याजदर लक्ष्य ४.१० प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने ब्याजदर पनि ४ प्रतिशतमै कायम गरिएको छ।

केन्द्रीय बैंकले मुल्यवृद्धि दर (मुद्रास्फीति) घट्दो क्रममा रहेको बताएको छ। सन् २०२२ को उच्च विन्दुबाट महँगीमा उल्लेख्य गिरावट आएको र उच्च ब्याजदरले माग र आपूर्तिको सन्तुलन कायम गर्न भूमिका खेलेको बैंकको ठहर छ।

यद्यपि बैंकले मूल्यवृद्धि दर लक्ष्यमा स्थायी रूपमा फर्किने सुनिश्चितता नभएसम्म सतर्कता अपनाउने बताएको छ। श्रम बजार अझै कसिलो रहेको, उत्पादकत्वमा सुधार नदेखिएको उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय परिस्थितिले असर पार्ने अवस्था आएमा मौद्रिक नीतिले त्यसअनुसार प्रतिक्रिया जनाउने बैंकले जनाएको छ। महँगी नियन्त्रण RBA को मुख्य प्राथमिकता रहेको र आवश्यक परे थप कदम चालिने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर