भिक्टोरियामा सुरु भयो नि:शुल्क ‘मेन्टल हेल्थ एण्ड वेलबिइङ्ग लोकल’ सेवा — नेपाली समुदायका लागि सुनौलो अवसर

भिक्टोरियामा सुरु भयो नि:शुल्क ‘मेन्टल हेल्थ एण्ड वेलबिइङ्ग लोकल’ सेवा — नेपाली समुदायका लागि सुनौलो अवसर
नेपालआईज
२२ चैत २०८१ २०:१८

अष्ट्रेलियाको नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्यामा ग्रसित व्यक्तिहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। आप्रवासी समुदायका मानिसहरू मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न नसक्दा यो समस्या झनै विकराल हुँदै गएको थियो। तर अब भिक्टोरिया सरकारले यस्तो वातावरण तयार गरेको छ, जसले तपाईँलाई ढुक्क साथ आफ्ना समस्या राख्न सहयोग पुर्‍याउनेछ।

भिक्टोरिया सरकारले मानसिक स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले २६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि ‘मेन्टल हेल्थ एण्ड वेलबिइङ्ग लोकल’ सेवा सुरु गरेको छ। यो सेवा नि:शुल्क रूपमा उपलब्ध हुनेछ र घर नजिकै नै मानसिक स्वास्थ्यसम्बन्धी उपचार, हेरचाह तथा आवश्यक सहयोग प्रदान गरिनेछ।

सरकारले सुरु गरेको यो सेवा विशेषगरी स्थानीय समुदायलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले व्यक्ति, परिवार र समुदायलाई मानसिक रूपमा सशक्त बनाउन सहयोग गर्नेछ।

• नि:शुल्क: यो सेवा लिन कुनै डाक्टरको सिफारिस (referral) वा मेडिकेयर कार्डको आवश्यकता पर्दैन। यसले तपाईंको भिसा स्थितिमा समेत कुनै असर पार्दैन।

• पहुँच: सेवा केन्द्रहरू तपाईंको घर नजिकै रहेका छन्, जहाँ मनोवैज्ञानिक, सहकर्मी तथा अन्य सहयोगी स्वास्थ्यकर्मीहरूले गोपनीय रूपमा सेवा प्रदान गर्छन्।

• लचिलो सम्पर्क: तपाईंले फोनमार्फत, सिधै सेवा केन्द्रमा गई, वा आवश्यक परेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर सेवा लिन सक्नुहुन्छ।

तपाईंको नजिकको ‘मेन्टल हेल्थ एण्ड वेलबिइङ्ग लोकल’ सेवा केन्द्र पत्ता लगाउन 1300 375 330 मा फोन गर्नुहोस्।

आफ्नो भाषामा जानकारी वा सेवा चाहनुहुन्छ भने, TIS National लाई 13 14 50 मा फोन गरी नेपाली भाषा बोल्ने दोभाषे माग गर्नुहोस्, त्यसपछि 1300 375 330 मा सम्पर्क गराई दिन अनुरोध गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर