ब्रिस्बेनमा ‘नेपाल फेस्टिभल – नेपाली कला, संस्कृतिको प्रवर्द्धन ( फोटो फिचर)

ब्रिस्बेनमा ‘नेपाल फेस्टिभल –  नेपाली कला, संस्कृतिको प्रवर्द्धन ( फोटो फिचर)
नेपालआईज
२३ चैत २०८१ ५:०२

अष्ट्रेलियामा रहेका नेपालीहरूबीच कला, संस्कृति र एकताको भावना अझ बलियो बनाउने उद्देश्यले एनआरएनए क्विन्सल्याण्डको आयोजनामा ‘नेपाल फेस्टिभल ब्रिसबेन २०२५’ आइतवार ब्रिसबेन सिटीको किंग जर्ज स्क्वायरमा भव्य रूपमा भइरहेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सो राज्यका प्रिमियर तथा विशेष अतिथिका रूपमा नेपाली राजदूतको उपस्थिति रहनेछ। साथै, समुदायका अगुवा तथा स्थानीय प्रतिनिधिहरूको पनि उत्साहजनक सहभागिता रहनेछ।

विहान ब्रिसबेनमा नेपालीहरूको सांस्कृतिक परेडले सहर परिक्रमा गर्दा स्थानीयहरू समेत मोहित देखिन्थे। आइतवारको व्यस्त समय हुँदाहुँदै सयौँ नेपालीहरू आफ्नो सांस्कृतिक पहिचानसहित परेडमा सहभागी भए।

उक्त फेस्टिभलले विशेषगरी विदेशमा जन्मेका वा हुर्केका दोस्रो पुस्ताका नेपालीहरूलाई आफ्ना कला, संस्कृति, भेषभूषा र परम्परासँग जोड्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाली सांस्कृतिक सम्पदा र पर्यटन प्रवर्द्धन गर्दै अष्ट्रेलियाली समुदायलाई नेपालको वास्तविकता नजिकबाट चिनाउने प्रयास गरिनेछ। नेपाली समुदायको ईमान, मेहनत र आत्मगौरवलाई यो फेस्टिभलले अझ बलियो बनाएको छ।

यो फेस्टिभलमा क्वीन्सल्याण्डका प्रिमियर, अष्ट्रेलियास्थित नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतले विशेष सम्बोधन गर्नेछन्। साँझमा राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर