Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियाका प्रधानमन्त्रीले भनेः नेपालीहरू सक्रिय, मेहनती र समर्पित समुदाय हुन्
नेपालआईज
२५ चैत २०८१ ३:५७
छत्र शंकर-
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजीले अष्ट्रेलियामा रहेका नेपालीहरूको प्रशंसा गरेका छन्। हालै सम्पन्न नेपाल फेस्टिभल ब्रिसबेन २०२५ का अवसरमा पठाएको शुभकामना सन्देशमा उनले उक्त प्रशंसा व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीले फेस्टिभल प्रति गहिरो सराहना प्रकट गर्दै अष्ट्रेलियामा नेपाली समुदायले पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गरेका छन्। उनले नेपालीहरूको भूमिका अष्ट्रेलियाको बहुसांस्कृतिक पहिचान र समृद्धिमा प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “नेपाली अष्ट्रेलियालीहरू एक सक्रिय, मेहनती र समर्पित समुदाय हुन्, जसले हाम्रो देशलाई अझ सशक्त र समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।”
उनले एनआरएनए अष्ट्रेलिया र सम्पूर्ण आयोजक टोलीलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै, भविष्यमा पनि यस्ता पर्वहरूबाट समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले प्रधानमन्त्रीको सद्भावपूर्ण सन्देशले सम्पूर्ण नेपाली डायस्पोरालाई उत्साहित बनाएको बताउँदै, बधाई सन्देशका लागि प्रधानमन्त्री एन्थोनी अल्बानेजीलाई धन्यवाद दिएका छन्। पोखरेलले भनेका छन्, “तपाईंका प्रेरणादायी शब्दहरूले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई हर्षित तुल्याएको छ।”