अष्ट्रेलियामा आज अल्बानीज र विपक्षी नेता पिटर डटनबीच पहिलोपटक चुनावी टेलिभिजन बहस हुँदैछ

अष्ट्रेलियामा आज अल्बानीज र विपक्षी नेता पिटर डटनबीच पहिलोपटक चुनावी टेलिभिजन बहस हुँदैछ
नेपालआईज
२५ चैत २०८१ ०:५४



क्यानबेरा – सन् २०२५ को संघीय निर्वाचनअन्तर्गत अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र विपक्षी नेता पिटर डटनबीच आज पहिलोपटक टेलिभिजन बहस हुँदैछ।

यो ऐतिहासिक बहस बेलुकी ७:३० बजे पश्चिम सिड्नीमा आयोजना हुनेछ र स्काई न्यूजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। “पिपल्स फोरम” नाम दिइएको कार्यक्रममा १०० जना undecided (अहिलेसम्म कुनै पार्टी मा नभएका) मतदाताहरू सहभागी हुनेछन्, जसले नेताहरूलाई प्रत्यक्ष प्रश्न गर्ने अवसर पाउनेछन्।

यस बहसमा जीवनयापनको बढ्दो खर्च, घरजग्गाको पहुँच, स्वास्थ्य सेवाको अवस्था, र अमेरिकाबाट हालै लगाइएको भन्सार करलगायतका महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुबै नेताले जनताको आर्थिक बोझ कम गर्ने, घरको भाउ सुलभ बनाउने, मानसिक स्वास्थ्यसहित समग्र स्वास्थ्य सेवा सुधार गर्ने तथा अन्तर्राष्ट्रिय व्यापारमा देखिएको उतारचढावको असरबारे आफ्ना धारणा सार्वजनिक गर्नेछन्।

यो बहस निर्वाचन अभियान सुरु भएपछि अल्बानीज र डटनबीचको पहिलो प्रत्यक्ष आमना-सामना हो, जसले आगामी मे ३ मा हुने निर्वाचनअघि undecided मतदाताहरूलाई आफ्नो निर्णयमा पुग्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। यस बहसलाई चुनावी मोड परिवर्तन गर्ने turning point को रूपमा पनि हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर