Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
ब्रिस्बेनको स्प्रिङफिल्ड सेन्ट्रलमा अप्रिल १२ तारिख ‘मल्टिकल्चरल फुड फेस्टिभल’ हुँदै
नेपालआईज
२६ चैत २०८१ ०:३६
क्विन्सल्यान्ड- ब्रिस्बेनको स्प्रिङफिल्ड सेन्ट्रलमा विविध सांस्कृतिक र स्वादको संगमका रूपमा ‘मल्टिकल्चरल फुड फेस्टिभल 2025’ को आयोजना हुने भएको छ।
आगामी अप्रिल १२ तारिख, स्प्रिङफिल्ड सेन्ट्रलस्थित ३७ सिननाथाम्बी बुलेभार्डमा हुने यो भव्य कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।
हेरिटेज हब इंकको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुतिहरू तथा विभिन्न देशका स्वादिला परिकारहरू समावेश गरिने अध्यक्ष मनोज खनालले जानकारी दिए।
कार्यक्रम Ballistic Beer Co. को सह–आयोजनामा, Rear View Homes सँगको सहकार्यमा र Professionals को प्रायोजनमा सम्पन्न हुँदैछ। फेस्टिभलमा प्रवेश निःशुल्क छ, जसले सबै समुदायका मानिसहरूलाई आकर्षण गर्ने विश्वास खनालले व्यक्त गरे।
अध्यक्ष खनालका अनुसार, “यो फेस्टिभल क्विन्सल्याण्डको बहुसांस्कृतिक समाजमा आपसी समझदारी र मेलमिलाप बढाउने उद्देश्यले आयोजना गरिएको हो।”
उक्त कार्यक्रममा नेपाली समुदायलाई पनि सहभागी हुन आयोजकले आग्रह गरेका छन्।