ब्रिस्बेन – क्वीन्सल्याण्ड सरकारले मे १ तारिखदेखि नयाँ घर किन्ने वा बनाउने व्यक्तिहरूका लागि स्टाम्प ड्युटी (Stamp Duty) तिर्नु नपर्ने नयाँ योजना सार्वजनिक गरेको छ।
यस योजनासँगै पहिलोपटक घर किन्न चाहनेहरूलाई थप राहत मिल्नेछ। साथै, उनीहरूले फर्स्ट होम ओनर ग्रान्ट (First Home Owner’s Grant) पनि लिन पाउनेछन्।
क्वीन्सल्याण्डका प्रिमियर डेविड क्रिसाफुल्लीले भनेका छन्, “हामी हाम्रो राज्यलाई नयाँ सुरुवात दिइरहेका छौं र थप क्वीन्सल्याण्डबासीहरूलाई बसोबासका लागि आफ्नै घर उपलब्ध गराउँदैछौं।”
सरकारको यो निर्णयसँगै राज्यमा घर-जग्गाको भाउ बढ्ने तथा घर किन्नेहरू आकर्षित हुने अनुमान गरिएको छ।