मेलबर्नमा शुक्रबार भएको गोली काण्डपछि , एक नेपाली भन्छन् – “रातभर निदाउन सकिएन”

मेलबर्नमा शुक्रबार भएको गोली काण्डपछि , एक नेपाली भन्छन् – “रातभर निदाउन सकिएन”
नेपालआईज
२९ चैत २०८१ ०:०७

शुक्रबार दिउँसो मेलबर्नको कूलारुमा भएको गोली प्रहारको घटनाले त्यहाँ नजिकै काम गर्दै आएका नेपाली तथा अन्य समुदायमा त्रास फैलिएको छ। घटनास्थल आसपास नेपालीहरू २४ घण्टा सेवा दिने एज्ड केयर तथा अन्य काममा सक्रिय रहने क्षेत्र हो।

घटनामा एक व्यक्ति घाइते भएका छन् भने प्रहरीले रातभर निगरानी गरे पनि शनिबार बिहानसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।भिक्टोरिया प्रहरीले दिएको जानकारीअनुसार कूलारुको पियर्सन क्रेसमा दिउँसो ४:१० बजे केही व्यक्तिहरूबीच विवाद भएको र त्यसक्रममा गोली चलाइएको थियो। प्रहरी पुग्दा झगडामा संलग्न सबै व्यक्ति घटनास्थलबाट फरार भइसकेका थिए।

घटनापछि २२ वर्षीय एक युवक एपिङस्थित अस्पतालमा पुगेका थिए, जसलाई गोली लागेको आशंका गरिएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ।घटनास्थल ग्लेनरोयबाट करिब पाँच मिनेटको ड्राइभ दूरीमा पर्छ, जहाँ ठूलो संख्यामा नेपालीहरूको बस्ती छ। नेपालीहरू कार्यरत Aged Care केन्द्र पनि घटनास्थलबाट करिब एक मिनेटको दूरीमा रहेको छ।

घटनाले यस क्षेत्रमा काम गर्ने नेपाली तथा अन्यसमुदायमा त्रास फैलिएको छ । सो क्षेत्रमा काम गर्ने एक नेपालीले भने,“रातभर निदाउन सकिएन। म बसेको घर घटना भएको ठाउँनजिकै पर्छ। घटना हुँदा हामी बाहिर थियौँ, फर्केर आएपछि राति १० बजेसम्म पनि प्रहरीले निगरानी गरिरहेको देख्यौँ। गोली चल्नु नै ठूलो डर हो।”

भिक्टोरिया प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ र प्रत्यक्षदर्शी वा जानकारी हुने व्यक्तिहरूलाई Crime Stoppers मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

🌐 www.crimestoppersvic.com.au

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर