NDIS व्यवसायका सम्भावनामाथि मेलबर्नमा छलफल, बुझेर मात्र यो क्षेत्रमा लाग्न विज्ञहरूको सुझाव

NDIS व्यवसायका सम्भावनामाथि मेलबर्नमा छलफल, बुझेर मात्र यो क्षेत्रमा लाग्न विज्ञहरूको सुझाव
नेपालआईज
२९ चैत २०८१ १:४५




मेलबर्न – अष्ट्रेलियाको मेलबर्नमा शुक्रबार साँझ सम्पन्न ‘NDIS Business Unlocked’ कार्यक्रममा एनडिआइस (NDIS) अन्तर्गत व्यवसाय विस्तार, लगानी अवसर, नियामक व्यवस्था र साझेदारीका सम्भावनाहरूमा केन्द्रित व्यापक छलफल भएको छ। FINYE Australia को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा व्यवसायी वक्ताहरूले एनडिआइस प्रणालीसँग जोडिएका अवसर र चुनौतीबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।

CST Academy Australia का Founder तथा Principal Trainer भुवन खड्काले “Understanding NDIS and Its Opportunities” शीर्षकमा उद्घाटन मन्तव्य दिँदै एनडिआइस प्रणालीका आधारभूत पक्षबारे प्रकाश पारे। उनले यो व्यवसायमा आउन चाहनेहरूले अध्ययन–अनुसन्धान गर्न आवश्यक रहेको बताए।   उनले तालिम तथा कन्सल्टेन्ट हायर गरेर एनडिआइस व्यवसायलाई गुणस्तरीय बनाउन सकिने सुझाव दिए।

त्यसपछि Nurse and Australia Disability Care की Managing Director उषा गुरुङले नियमन, जोखिम व्यवस्थापन र अनुपालन प्रक्रियाबारे चर्चा गरिन्। उनले NDIS कमिशनले तोकेको अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्ने सुझाव दिइन्। “यो सेवा अपांगता भएका व्यक्तिहरूलाई दिइने हो, त्यसैले प्रणालीअनुसार काम गर्न नसके व्यवसाय जोखिममा पर्न सक्छ,” उनले भनिन्। उनले सेवा गुणस्तरीय राख्न र डकुमेन्टेशन चुस्त गर्नुपर्नेमा जोड दिइन्।

Infinite Ability का Director एवं General Manager बासुदेव मरहठ्ठाले “Future of NDIS” शीर्षकमा दीगो व्यवसायिक वृद्धि र प्रदायकहरूको भूमिकामाथि प्रकाश पारे। उनले सरकारले NDIS क्षेत्रमा गरेको लगानीका तथ्याङ्क प्रस्तुत गर्दै यो क्षेत्रमा अनभिज्ञतापूर्वक लागेमा जोखिम रहने बताए। क्लाइन्टलाई दिइने फण्डको सही व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै उनले SDA घरहरूमा बजारमा आएका हल्लाका आधारमा लगानी नगर्न सुझाए। “NDIS व्यवसाय गर्ने हो भने विज्ञसँग सल्लाह लिएर मात्र अघि बढ्नुपर्छ,” उनले जोड दिए।

Direct Care Assistance की Managing Director सबीना सिलवालले साझेदारी र नेटवर्किङमार्फत व्यवसाय विस्तार गर्न सकिने कार्यपत्र प्रस्तुत गरिन्। “क्लाइन्ट पाउनका लागि विषयवस्तुमा प्रदायकहरू आफैं पनि दक्ष हुनुपर्छ,” उनले भनिन्।

KBA Web  का साम कडेलले डिजिटल मार्केटिङ र SEO मार्फत NDIS व्यवसाय प्रवर्द्धन गर्न सकिने उपायबारे जानकारी गराए। “यदि तपाईंको सेवा सर्च गर्दा छिट्टै देखिन्छ भने SEO मा लगानी गर्नुपर्छ,” उनले भने।

Boutique Mortgage and Finance की सञ्जुक्ता आचार्यले SDA लगानी अवसरका वित्तीय पक्षबारे बोलेकी थिइन्। उनले SDA घर निर्माण गर्दा आवश्यक पर्ने वित्तीय परामर्शबारे जानकारी दिइन्।

Accredited SDA Assessor ब्रुस ब्रम्लीले निर्माणकर्ताको दृष्टिकोणबाट SDA लगानीका अनुभव बाँडे। उनले SDA घरहरू शहर वरपर धेरै निर्माण भइसकेको उल्लेख गर्दै क्षेत्रीय क्षेत्रमा लगानी गर्दा मात्र फाइदा हुने बताए, जहाँ डिमान्ड उच्च छ।

कार्यक्रममा Migration Adviser शम्भु कडेलले Sponsorship र DAMA अन्तर्गत व्यवसाय विस्तारका सम्भावनाहरूबारे विश्लेषण प्रस्तुत गरे। उनले स्वास्थ्य तथा अन्य क्षेत्रमा श्रमिकको अभाव समाधान गर्न यी विकल्पहरू उपयोग गर्न सकिने बताए।

Meta  Care Hub का Director कमल सिलवालले आफ्नो १७ वर्षको अनुभव   बाढ्दै  NDIS व्यवसायप्रति सहभागीहरूलाई प्रोत्साहित गरे।  Mortgage Broker रोशन भट्टराईले SDA हाउस निर्माणका क्रममा बैंकिङ प्रक्रिया र आवश्यक व्यवस्थाबारे जानकारी  दिदै  Real estate Agents  ले पनि प्रक्रिया पुर्याएर SDA house को  व्यवस्थापन गर्न सक्ने सल्लाह दिएका थिए । 

कार्यपत्र प्रस्तुतिपछि सहभागीहरूले NDIS का अवसर र चुनौतीबारे प्रश्नहरू उठाएका थिए। कार्यक्रमको सञ्चालन राशी सिंह ठकुरीले गरेकी थिइन्। उनले कार्यक्रमका मुख्य अंशहरूबारे जानकारी दिइन् भने प्रश्न–उत्तर सत्रको संयोजन दिक्पाल देव पङ्गेनीले गरेका थिए। उनले नयाँ NDIS प्रदायकहरूले क्लाइन्ट कसरी पाउने भन्ने प्रश्न प्यानलमा राख्दै संयोजकको भूमिका निर्वाह गरे।

FINYE Australia की अध्यक्ष सुजाता चालिसेले सहभागीहरूलाई धन्यवाद दिँदै सिकेको ज्ञानलाई व्यवसायमा जोड्न आग्रह गरिन्। यदि व्यवसाय विस्तार गर्न  विज्ञहरूको खोजीमा हुनुहुन्छ भने FINYE Australia सँग सम्पर्क राख्न सकिने जानकारी दिइन्।

कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यबाट सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर