अष्ट्रेलिया विश्वकै सबैभन्दा लोभलाग्दो पर्यटकीय गन्तव्यको प्रथम सूचीमा उक्लियो

अष्ट्रेलिया विश्वकै सबैभन्दा लोभलाग्दो पर्यटकीय गन्तव्यको  प्रथम  सूचीमा उक्लियो
नेपालआईज
६ वैशाख २०८२ १:५५

सिड्नी – बेलायतको स्वतन्त्र ट्राभल म्यागजिन Wanderlust द्वारा प्रकाशित २३औँ वार्षिक Wanderlust Reader Travel Awards मा अष्ट्रेलियालाई संसारकै सबैभन्दा  मनपराउने  पर्यटकीय गन्तव्य मुलुकको रूपमा घोषित गरिएको छ।

ट्राभल म्यागजिनका पाठकहरूले गरेको मतदानमा अष्ट्रेलिया पहिलो स्थानमा उक्लिएको हो। सुन्दर समुद्रकिनार, जैविक विविधता, साहसिक पर्यटन गतिविधि र बहुसांस्कृतिक समाजले अष्ट्रेलियालाई आकर्षक गन्तव्यको रूपमा प्रस्तुत गरेको बताइएको छ।

उक्त सूचीमा क्यानडा, जापान, अमेरिका, न्यूजिल्याण्ड, कोस्टा रिका, दक्षिण अफ्रिका, ब्राजिल, दक्षिण कोरिया र पेरू क्रमशः दोस्रोदेखि दशौं स्थानमा परेका छन्।

Wanderlust म्यागजिनले प्रकाशित गरेको यो सूचीले विश्वभरका पर्यटकहरूको प्राथमिकता र गन्तव्यप्रतिको चाहनालाई झल्काउने गरिएको छ।

स्रोत: Wanderlust Magazine, UK

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर