चुनावी भोटिंग सुरु हुनुअघि डटनको अपराध नियन्त्रणमा जोड, ७५० मिलियन डलरको योजना घोषणा

चुनावी भोटिंग सुरु हुनुअघि डटनको अपराध नियन्त्रणमा जोड, ७५० मिलियन डलरको योजना घोषणा
नेपालआईज
८ वैशाख २०८२ ८:०४

 

सिड्नी – अष्ट्रेलियामा पूर्वनिर्धारित भोटिङ सुरु हुनुभन्दा एक दिनअगाडि विपक्षी नेता पिटर डटनले अपराध नियन्त्रणलाई चुनावको मुख्य एजेन्डा बनाउने प्रयासस्वरूप नयाँ योजना सार्वजनिक गरेका छन्।

डटनले बाल यौन अपराधीहरूको विवरण सार्वजनिक गर्ने युके-शैलीको दर्ता प्रणाली लागू गर्ने घोषणा गरेका छन्, जसअनुसार आमाबाबुले आफ्नो बच्चाहरूले सम्पर्क गरिरहेका व्यक्तिहरूको विगतमा कुनै बाल यौन अपराधमा संलग्नता रहेको छ कि छैन भन्ने जानकारी लिन सक्नेछन्।

“यो दर्ता प्रणालीको समय आएको छ — अब हाम्रो बच्चाहरूको सुरक्षाका लागि यसलाई कार्यान्वयन गर्ने बेला हो,” डटनले विज्ञप्तिमा भने।

उक्त प्रस्तावित योजनाका लागि ७५० मिलियन डलरको लगानीको घोषणा गरिएको छ, जसले कानून कार्यान्वयन, प्रविधि सुधार, र समुदायमा सुरक्षा वृद्धिमा खर्च गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर