गोल्ड कोस्ट मेयर स्टुडेन्ट एम्बासेडरमा नेपाली विद्यार्थी अनुप अधिकारी छनोट

गोल्ड कोस्ट मेयर स्टुडेन्ट एम्बासेडरमा नेपाली विद्यार्थी अनुप अधिकारी  छनोट
नेपालआईज
१० वैशाख २०८२ ०:२७
छत्र  शंकर – गोल्ड कोस्ट मेयर स्टुडेन्ट एम्बासेडर कार्यक्रममा नेपाली विद्यार्थी अनुप अधिकारी सन् २०२५ का लागि चयन भएका छन्। गोल्ड कोस्ट सिटी काउन्सिलले प्रत्येक वर्ष विभिन्न मुलुकका प्रतिभाशाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई “मेयर स्टुडेन्ट एम्बासेडर” को रूपमा छनोट गर्दै आएको छ।
यस वर्षको प्रतिष्ठित सूचीमा नेपालका अनुप अधिकारी पनि पर्न सफल भएका हुन्। उनी साउदर्न क्रस युनिभर्सिटी, गोल्ड कोस्ट क्याम्पसमा मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी अध्ययनरत छन्।

अनुप अधिकारीसँगै दक्षिण कोरिया र चीनका दुई विद्यार्थी पनि छनोट भएका छन् —

  • सिउङ्सियो ली ‘सोफी’ (दक्षिण कोरिया) – मास्टर अफ नर्सिङ
  • बिङजिए सुन (चीन) – मास्टर अफ नर्सिङ
नेपाली विद्यार्थी अनुप अधिकारीले आफू चयन भएकोमा गर्व महसुस भएको बताए। उनले भने, “यो उपलब्धिले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको क्षमताको पहिचान भएको अनुभूति गराएको छ।

यसैबीच, चिनकी बिङजिए सुनले भनेकी छन्, “मेयरको छात्र दूत हुनु मेरो लागि गर्वको विषय हो — यो मेरो यात्रा कति टाढा आइपुगेको छ भन्नेको उत्सव हो र अझ टाढा पुग्ने प्रेरणा पनि हो,” भन्दै साउदर्न क्रस युनिभर्सिटीको प्रशंसा गरिन्।

गोल्ड कोस्ट शहरले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समावेशीकरण, नेतृत्व विकास र सांस्कृतिक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्टुडेन्ट एम्बासेडरहरूले समुदायमा प्रतिनिधित्व, कार्यक्रम समन्वय, र नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाउँछन्।Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर