आज अष्ट्रेलियामा ANZAC डे मनाइँदै,परेडमा पूर्व गोर्खा शैनिकहरुको सहभागिता

नेपालआईज
११ वैशाख २०८२ २०:४२
मेलबर्न –आज अष्ट्रेलियाभर ANZAC दिवस श्रद्धाका साथ मनाइँदैछ। देशका लागि प्राण आहुति दिएका सैनिकहरूको सम्झनामा मनाइने यस राष्ट्रिय स्मृति दिवसमा बिहानैदेखि विभिन्न सहरहरूमा Dawn Service आयोजित गरिएको छ भने परेडमार्फत अष्ट्रेलियाली सेनाका पूर्व र वर्तमान सदस्यहरूलाई सम्मान गरिँदैछ।
यस अवसरमा अष्ट्रेलियामा बसोबास गर्ने पूर्व गोर्खा सैनिकहरू पनि परेडमा सहभागिता जनाउँदै छन्।