पीएचडी शोधका लागि मेलबर्नको डिकिन विश्वविद्यालयका जीवन ढुङ्गानाको अनुरोध: युवा विद्यार्थी सहभागी बनौँ

पीएचडी शोधका लागि मेलबर्नको डिकिन विश्वविद्यालयका जीवन ढुङ्गानाको अनुरोध: युवा विद्यार्थी सहभागी बनौँ
नेपालआईज
१६ वैशाख २०८२ ०:०९

मेलबर्न — अष्ट्रेलियाको डिकिन विश्वविद्यालय (Deakin University) मा पीएचडी अध्ययनरत नेपाली शोधकर्ता जीवन ढुङ्गानाले उच्च शिक्षा र रोजगार क्षमतासँग सम्बन्धित नयाँ अनुसन्धानमा नेपाली युवा विद्यार्थी तथा विभिन्न देशमा बसोबास गर्ने नेपाली युवाहरूलाई सहभागी हुन अनुरोध गरेका छन्।

ढुङ्गानाका अनुसार, २२ देखि ३५ वर्ष उमेर समूहका, नेपाल वा विदेशमा स्नातक तह (Bachelor’s Degree) पूरा गरेकानेपालमा जन्मिएका युवाहरूले यस अनुसन्धानमा सहभागी हुन सक्नेछन्।

उनको अनुसन्धानको शीर्षक “Young People’s Aspirations and Hopes for Higher Education and Employability in Nepal” रहेको छ। यस शोधले नेपालको समकालीन शिक्षा र विकाससँग सम्बन्धित ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक शक्तिहरूको प्रभावलाई विश्लेषण गर्दै उच्च शिक्षा नीति र युवा पुस्ताको भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको ढुङ्गानाले बताएका छन्।

ढुङ्गानाका अनुसार, अध्ययनमा सहभागी हुन चाहनेहरूले ३० मिनेटको अनलाइन सर्वेक्षण वा १ घण्टाको अन्तर्वार्तामा सहभागी हुन सक्नेछन्। सहभागीहरूले आफ्ना विचार, अनुभव र अपेक्षाहरू साझा गरेर नेपालको शिक्षा, रोजगारी र विकास नीतिहरूमा नयाँ दिशा दिन सक्ने अवसर पाउनेछन्।

सर्भेक्षण लिंकहरू:

को सहभागी हुन पाउछन्  ? 

  • नेपाल वा विदेशबाट स्नातक तह उत्तीर्ण

  • उमेर २२-३५ वर्ष बीच

  • नेपालमा जन्मिएका

सम्पर्कका लागि:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर