अष्ट्रेलियाको नयाँ सडक नियमले नेपाली समुदायलाई पनि सतर्क बनायो

अष्ट्रेलियाको नयाँ सडक नियमले नेपाली समुदायलाई पनि सतर्क बनायो
नेपालआईज
१७ वैशाख २०८२ २३:०६

 

सिड्नी – अष्ट्रेलियाले लागू गरेको नयाँ सडक नियमअनुसार अब पुरानो विदेशी ड्राइभर लाइसेन्सले अष्ट्रेलियामा सिधै लाइसेन्स लिन नपाइने भएको छ।

पहिले Experienced Driver Recognition (EDR) भन्ने व्यवस्था अन्तर्गत नेपालजस्ता देशमा ड्राइभिङ टेस्ट पास गरेका व्यक्तिहरूले अष्ट्रेलियामा फेरि टेस्ट नदिई लाइसेन्स साट्न पाउने सुविधा थियो। तर अब यो सुविधा अन्त्य हुँदैछ, जसको प्रभाव अष्ट्रेलियामा रहेका सयौं नेपाली स्थायी बासिन्दामा पनि पर्नेछ।

यो नियम बुधबारदेखि लागू भइसकेको छ, तर न्यू साउथ वेल्स र पश्चिम अष्ट्रेलियामा भने यो ३१ अक्टोबर २०२५ सम्म, र क्विन्सल्याण्डमा २०२५ को मध्यतिर लागू हुनेछ।

हालसम्म यो परिवर्तन बल्गेरिया, हंगेरी, कोरिया, हङकङ, स्लोभेनिया, दक्षिण अफ्रिका लगायतका देशहरूका लागि लागू गरिएको छ। नेपाल हालसम्म Recognition Status मा छैन, तर आगामी दिनमा समावेश हुने सम्भावनालाई लिएर नेपाली समुदाय पनि सचेत हुन आवश्यक छ।

यदि कसैले निर्धारित म्यादभित्र आफ्नो विदेशी लाइसेन्स अष्ट्रेलियाली लाइसेन्समा नबदले, विशेषगरी २५ वर्षभन्दा माथिका व्यक्तिहरूले, उनीहरूलाई नयाँ तालिम र परीक्षण दिनुपर्नेछ।

अष्ट्रेलियामा गाडी चलाउने नेपाली स्थायी बासिन्दाहरूका लागि यो नियमले गम्भीर असर पार्न सक्छ। जसले गर्दा समयमै लाइसेन्स साट्ने, तालिम पूरा गर्ने र आवश्यकता परेमा टेस्ट दिने तयारी गर्न समुदायलाई सुझाव दिइएको छ।

अष्ट्रेलियाली ट्राफिक सुरक्षा निकाय Austroads ले भनेको छ: “नयाँ योजना सडक सुरक्षालाई सुधार गर्न र पुरानो तालिम प्रणाली अद्यावधिक गर्न बनाइएको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर