अष्ट्रेलियामा नाचेर पनि पैसा कमाउन सकिन्छ, नेपाली विद्यार्थी किन यस्ता सृजनात्मक विषय नपढ्ने?

अष्ट्रेलियामा नाचेर पनि पैसा कमाउन सकिन्छ, नेपाली विद्यार्थी किन यस्ता सृजनात्मक विषय नपढ्ने?
नेपालआईज
१७ वैशाख २०८२ ०:४३

 

छत्र शंकर / मेलबर्न  


अष्ट्रेलिया जस्तो देशमा केवल शारीरिक र मानसिक तनावपूर्ण काम गरेर मात्र होइन, सृजनात्मक सीप प्रयोग गरेर पनि राम्रो कमाइ सम्भव रहेछ। पछिल्लो समय सार्वजनिक भएको तथ्यांकले देखाएको छ कि अष्ट्रेलियामा हजारौं मानिसहरू नृत्यमार्फत् नै आर्थिक रूपमा सबल बनेका छन्।

अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सद्वारा सार्वजनिक गरिएको २०२१ को जनगणना अनुसार, अष्ट्रेलियामा १५ देखि ६४ वर्ष उमेर समूहका ५ हजार ६ सय ७८ जना व्यक्ति डान्स (नृत्य) सम्बन्धी योग्यता लिएर विभिन्न पेशामा संलग्न छन्। तीमध्ये करिब एक चौथाइ नृत्य शिक्षकका रूपमा कार्यरत छन्, जसले नयाँ पुस्तालाई नृत्यको सीप सिकाउँदै रोजगारीसमेत सृजना गरिरहेका छन्।

यो तथ्यांकले देखाउँछ कि अष्ट्रेलियामा कलात्मक शिक्षा तथा सृजनात्मक योग्यता रोजगार बजारमा प्रभावकारी रूपमा स्थापित भइसकेका छन्। नृत्यजस्ता पेशाहरूले अष्ट्रेलियाको आर्थिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन्।

तर हामी नेपाली विद्यार्थीहरू चाहिँ किन अझैपनि पारम्परिक शारीरिक श्रमप्रधान कामतिर मात्र सीमित भइरहेका छौं? पढाइको क्रममा फिजिकल र मानसिक रूपमा अत्यधिक थकाउने काम गर्दै आफैंलाई थकाइ र तनावमा पार्ने प्रवृत्तिलाई हामीले पुनः सोच्न आवश्यक देखिन्छ।

यदि हामीले पनि यस्ता सृजनात्मक र रुचिपूर्ण क्षेत्रमा ध्यान दिन सक्यौं भने, नाच्दै, संगीत सिकाउँदै, वा अन्य कला विधामा संलग्न भइ थोरै श्रममा राम्रो आम्दानी गर्न सकिन्छ। साथै, यस्ता पेशाले व्यक्तित्व विकास र सन्तुलित जीवनशैलीमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ।

अब समय आएको छ ,नेपाली विद्यार्थीहरूले पनि केवल ‘कामका लागि काम’ होइन, ‘रुचिका लागि काम’ भन्ने सोचलाई अँगालेर कलात्मक र सृजनात्मक क्षेत्रमा अवसर खोज्न थाल्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर