अष्ट्रेलियाको संघीय चुनाव: लेबर पार्टी अगाडि, विपक्षी नेताद्वारा हार स्वीकार

नेपालआईज
२० वैशाख २०८२ ११:४६

 

सिड्नी –अष्ट्रेलियाको संघीय चुनावको मतगणना जारी रहँदा सत्तारुढ लेबर पार्टीले अग्रता लिएको छ। प्रारम्भिक परिणामअनुसार प्रधानमन्त्री एन्थोनी अल्बानीजेको नेतृत्वमा रहेको लेबर पार्टी पुनः सत्तामा फर्कने संकेत देखिएको छ।

यसैबीच, विपक्षी दल लिबरल पार्टीका नेताले चुनावी पराजय स्वीकार गरेका छन्। आजै साँझ उनले आफ्ना समर्थक र निर्वाचन क्षेत्रका मतदाताहरूसामु सम्वोधन गर्दै हार स्वीकार गरेका हुन्। उनले आफ्ना समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि राष्ट्रको हितमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।

अहिले सम्मको मतपरिणाम अनुसार लेबर पार्टीले बहुमत नजिकको सिट संख्या जितेको देखिएको छ भने स्वतन्त्र उम्मेदवार र साना दलहरूले पनि केही सिटहरूमा अग्रता लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर