क्यानबेरा -अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुको भिसा शुल्क हालको १६ सय लाई बढाएर २ हजार डलर पुर्याइने भएको छ।
यो योजनाबाट सरकारले आगामी वर्षहरूमा ७ सय ६० मिलियन राजस्व उठाउने लक्क्ष गरिएको छ। नयाँ शुल्क २०२५ जुलाई १ बाट लागू हुनेछ। तर यो परिवर्तन प्यासिफिक आइल्यान्ड र टिमोर लेस्टे का आवेदनकर्तामा लागू हुने छैन।
लेबर पार्टीका अर्थमन्त्री जिम चाल्मर्सले पत्रकार सम्मेलनमार्फत एक अर्ब थप बचत गरिएको जानकारी दिँदै सार्वजनिक सेवा, मेडिकेयर, हाउसिङ, र HECS ऋण घटाउने जस्ता योजनामा लगानी बढाइने बताएका छन्।