ब्रिस्बेन विमानस्थलमा अभद्र व्यवहार गर्ने यात्रुलाई अन्य यात्रुले नियन्त्रणमा लिए

ब्रिस्बेन विमानस्थलमा अभद्र व्यवहार गर्ने यात्रुलाई अन्य यात्रुले नियन्त्रणमा लिए
नेपालआईज
३ जेठ २०८२ ०:५७

ब्रिस्बेन — ब्रिस्बेन विमानस्थलको डोमेस्टिक टर्मिनलमा बिहीबार एक यात्रुलाई नाटकीय ढंगले जमिनमा लडाएर नागरिकले पक्राउ गरेका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार उक्त व्यक्ति सिड्नीबाट ब्रिस्बेन उडान गरी बिहान ११:४५ बजे गेट ४५ मा अर्को उडान चढ्न पुगेका थिए। तर उनलाई उडान चढ्न नदिने जानकारी दिइएपछि स्थिति तनावग्रस्त बन्यो।

९न्यूजको रिपोर्टअनुसार, विमान चढ्नुअघि ती व्यक्ति विमानको गल्लीहरूमा दौडिरहेका थिए र आफ्नो शर्ट समेत खोलेका थिए।

उडान कम्पनी भर्जिन अष्ट्रेलियाका स्टाफले उनलाई अर्को उडानमा चढ्न नदिने बताएपछि उनले कर्मचारीप्रति गालीगलौज गर्न थाले।

सेतो टिसर्ट र हरियो हेलमेट लगाएका ती व्यक्ति ठूलो झोला बोकेर थिए। सोही क्रममा अर्को यात्रुले उनलाई जमिनमा लडाएर नियन्त्रणमा लिएका थिए। त्यसपछि भर्जिन अष्ट्रेलियाका कर्मचारीहरूले समेत साथ दिएका थिए।

घटनाको भिडियोमा ती व्यक्ति “एफ अफ” भनेर चिच्याउँदै कर्मचारीसँग संघर्ष गरिरहेको देखिन्छ।

करीब १५ मिनेटपछि अष्ट्रेलियन फेडरल पुलिस (AFP) का एक अधिकारीले उनलाई पक्राउ गरे।

उनले गिरफ्तारीको विरोध गरेनन् र शान्तिपूर्वक टर्मिनलबाट बाहिर लगिएको बताइएको छ।

AFP का अनुसार ती व्यक्तिमाथि उडान कम्पनीका कर्मचारीमाथि आक्रमण र सार्वजनिक स्थानमा दुव्र्यवहार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। उनलाई धरौटीमा रिहा गरिएको छ र जुन २०२५ मा ब्रिस्बेन म्याजिस्ट्रेट कोर्टमा उपस्थित हुनेछन्।

ब्रिस्बेन विमानस्थल प्राधिकरणले यात्रुहरू र कर्मचारीहरूको सहकार्यको प्रशंसा गर्दै भनेको छ, “गेट ४५ नजिक भएको घटनामा सहयोग गर्ने यात्रुहरू र क्रु सदस्यहरूलाई धन्यवाद दिन चाहन्छौं। उनीहरूले सुरक्षा अधिकारीहरू आउँदासम्म व्यक्ति नियन्त्रणमा लिन सहयोग गरे।”

पुलिसले यो घटनाबाट समुदायमा कुनै थप खतरा नरहेको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर