न्यूजील्याण्डमा नेपाली आमाबुबालाई १० वर्ष बस्ने भिसा! अष्ट्रेलियामा कहिले लागू हुन्छ यस्तो नीति?

न्यूजील्याण्डमा नेपाली आमाबुबालाई १० वर्ष बस्ने भिसा! अष्ट्रेलियामा कहिले लागू हुन्छ यस्तो नीति?
नेपालआईज
२६ जेठ २०८२ २:३८

मेलबर्न ।  न्यूजील्याण्ड सरकारले नयाँ आप्रवासी मैत्री नीति अन्तर्गत आफ्ना नागरिक तथा स्थायी बासिन्दाहरूलाई आफ्ना आमाबुबालाई बोलाउन दिने Parent Visitor Visa सेप्टेम्बरदेखि लागू गर्ने भएको छ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आइतवार घोषणा गरेअनुसार उक्त भिसाको आवेदन प्रक्रिया सेप्टेम्बर २९ देखि सुरु हुनेछ।

यस भिसाले ५ वर्षसम्म बहुप्रवेश अनुमति दिनेछ, र एकपटक नविकरण गरेर १० वर्षसम्म रहने अधिकार प्राप्त हुनेछ। यो नीति सन् २०२३ को आमनिर्वाचनताका सत्तारूढ नेशनल पार्टीले गरेको प्रतिवद्धताको अंश हो।

यस भिसाका लागि स्वास्थ्य बीमा, चरित्र परीक्षणमा उत्तीर्णता, र न्यूनतम आम्दानीको मापदण्ड पूरा गर्नुपर्ने जस्ता केही प्रमुख शर्तहरू लागू हुनेछन्। यी मध्ये आम्दानीको मापदण्ड आवेदनकर्ता वा उनको स्पोन्सर दुबैमध्ये एकले पूरा गर्न सक्नेछन्।

प्रधानमन्त्री लक्सनका अनुसार, यो कदमले न्यूजील्याण्डलाई कुशल आप्रवासीहरूका लागि अझ आकर्षक गन्तव्य बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर