सावधान!

आईभीएफ विधिबाट अष्ट्रेलियामै बच्चा पाउने सोचमा हुनुहुन्छ?

आईभीएफ विधिबाट अष्ट्रेलियामै बच्चा पाउने सोचमा हुनुहुन्छ?
नेपालआईज
२८ जेठ २०८२ १९:२५

 

मेलबर्न,अष्ट्रेलियामा(आईभीएफ)प्रविधिको माध्यमबाट सन्तान जन्माउने सोचमा हुनुहुन्छ भने यो समाचारले तपाईंलाई सतर्क गराउन सक्छ।अष्ट्रेलियाको एक प्रमुख आईभीएफ केन्द्रमा फेरि एकपटक भ्रूण साटासाटको गम्भीर लापरवाही भएको पुष्टि भएको छ,जसले गर्दा नेपाली समुदायका लागि पनि  सन्देश दिएको छ।

विदेशको व्यस्त जीवनसँगै परिवार विस्तार गर्ने चाहना बोकेका थुप्रै नेपाली दम्पतीहरूले बन्ध्यता समस्यामा परेपछि आईभीएफ विधिको सहारा लिँदै आएका छन्। कतिपयले नेपालमै यो सेवा लिने गर्छन् भने कतिपयले अष्ट्रेलियामै प्रक्रिया सुरु गर्छन्। तर मोनाश आईभीएफ गर्भाधान केन्द्रमा भएको पछिल्लो घटनाले यो प्रविधिमा पनि त्रुटि हुनसक्ने देखाएको छ।

मोनाश आईभीएफमा फेरि भ्रूण साटिएर ट्रान्सफर

मेलबर्नस्थित क्लेटन प्रयोगशालामा एक दम्पतीलाई गलत भ्रूण ट्रान्सफर गरिएको पुष्टि भएको छ। संस्थाले सार्वजनिक गरेको सूचनामा भनिएको छ,

बिरामीको आफ्नै भ्रूण प्रयोग गरिएको भए पनि, उपचार योजना अनुसार त्यो भ्रूण जीवनसाथीको हुनुपर्ने थियो।”

यस घटनापछि संस्था विवादमा तानिएको छ भने दम्पतीसँग क्षमायाचनासहित सहयोग भइरहेको जनाइएको छ।

लगातार दोहोरिँदैछ गल्ती

यसअघि पनि ब्रिसबेनमा अप्रिल महिनामा यस्तै घटना भएको थियो। एक महिलालाई अर्कै व्यक्तिको भ्रूण ट्रान्सफर गरिएको थियो र बच्चा जन्मेपछि आनुवंशिक सम्बन्ध नभएको पुष्टि भएको थियो। यो घटना सार्वजनिक भएपछि संस्थाको प्रक्रिया र प्रणालीप्रति विश्वासमा ठुलो आघात पुगेको थियो।

पछिल्लो घटनापछि मोनाश आईभीएफले आन्तरिक अनुसन्धान सुरु गर्नुका साथै नयाँ सुरक्षा प्रणालीहरू लागू गर्ने जनाएको छ। विद्युतीय साक्षी प्रणालीसँगै हस्तचालित प्रमाणिकरण थप कडाइका साथ प्रयोग गरिनेछ।

नेपाली समुदायका लागि सन्देश

अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा पनि बन्ध्यता समस्या समाधानका लागि आईभीएफ प्रविधिप्रति रुचि बढ्दो छ। तर यस्ता घटनाले संवेदनशील निर्णयमा अतिरिक्त सावधानी आवश्यक रहेको स्पष्ट देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर