क्यानबेरा, अष्ट्रेलिया | राजधानी क्यानबेराको वेस्टफिल्ड बेल्कोनेनको एक आर्ट्स एण्ड क्राफ्ट स्टोरको पछिल्लो कोठामा एक महिलामाथि बलात्कार गरेको अभियोगमा नेपाली मूलका अभिषेक तिमल्सिना दोषी ठहर भएका छन्। यो मुद्दा ACT (Australian Capital Territory) को नयाँ एफर्मेटिभ कन्सेन्ट कानूनअन्तर्गत पहिलो ऐतिहासिक फैसला बनेको छ।
तीसको दशकमा रहेका तिमल्सिनालाई २ वटा बलात्कार र ४ वटा सहमति बिना यौनजन्य दुर्व्यवहार सम्बन्धी अभियोगमा दोषी ठहर गरिएको हो। ACT सुप्रीम कोर्टको जूरीले चार घण्टा छलफलपछि उनलाई सर्वसम्मतिमा दोषी ठहर गरेको हो।
नयाँ कडा कानुनको पहिलो परीक्षण
यो मुद्दा सन् २०२२ नोभेम्बरमा भएको घटनासँग सम्बन्धित हो, जुन वर्ष नै ACT सरकारले ‘स्पष्ट, आपसी र निरन्तर सहमतिको’ आधारमा यौनसम्बन्ध हुने व्यवस्था गरिएको एफर्मेटिभ कन्सेन्ट कानुन लागू गरेको थियो। नयाँ कानुनअनुसार ‘ना भन्न नसक्नु’ वा ‘शरीर ज्यान गुमाउनु’ पनि सहमति नहुन सक्ने आधारमा परिभाषित गरिएको छ।
पीडितको बयान: “म सुन्न भएँ, दिमागै बन्द भयो”
महिलाले प्रहरीलाई दिएको बयानमा आफू असहज महसुस गर्दै सुन्न भएकी र मानसिक रूपमा जस्ताको तस्तै frozen भएको बताएकी थिइन्। उनले एक साथीलाई म्यासेज गर्दै लेखेकी थिइन्, “मेरो दिमागै बन्द भयो।”
अदालतमा सुनुवाइको क्रममा तिमल्सिनाले आफूहरू फ्लर्टिङ गरिरहेका, ‘भाइबिङ’ भइरहेको ठानेको दाबी गरे। तर घटनाका क्रममा उनले भनेको भनाइ, “म सिधै अगाडि बढ्छु है” भनेर बलात्कारमा उत्रिएको बयान पनि अदालतमा प्रस्तुत गरिएको थियो।
पहिलो ट्रायलमा फैसला हुन सकेन, दोश्रोमा कठोर निर्णय
यो मुद्दाको पहिलो ट्रायल सन् २०२३ मा भएको थियो, तर त्यसबेला जूरी निर्णयमा पुग्न असफल भएको थियो। तर यसपटक न्यायाधीश भेरिटी म्याकविलियम ले तुरुन्त धरौटी खारेज गर्दै तिमल्सिनालाई हिरासतमा पठाउने आदेश दिइन्। सजा सुनाउने प्रक्रिया आगामी २० अगस्टदेखि सुरु हुनेछ।
पहिलोपटक प्रकाशित समाचार यहाँ हेर्नुहोस ।
महत्वपूर्ण सूचना:
यदि तपाईं वा तपाईंको चिनेजानेकालाई यौन हिंसाबाट प्रभावित हुनु भएको छ भने सहयोग उपलब्ध छ।
१८००RESPECT – १८०० ७३७ ७३२
Lifeline – १३ ११ १४
आपत्कालीन अवस्थामा – Triple Zero (000) मा सम्पर्क गर्नुहोस्।
Warning: This story contains graphic content that some readers may find distressing.