मेलबर्नमा उज्ज्वल घिमिरेलाई ‘Scullin Volunteer Award’, अष्ट्रेलियाका मन्त्रीद्वारा प्रशंसा सहित सम्मान!

मेलबर्नमा उज्ज्वल घिमिरेलाई ‘Scullin Volunteer Award’, अष्ट्रेलियाका मन्त्रीद्वारा प्रशंसा सहित सम्मान!
नेपालआईज
१३ असार २०८२ २३:३०

मेलबर्न | उत्तरी मेलबर्नको एपिङ–वोलर्ट नेपाली समुदायबाल वाटिका मार्फत समुदायको सेवा गर्दै आएका उज्ज्वल घिमिरेलाई ‘Scullin Volunteer Award’ द्वारा सम्मानित गरिएको छ।

सडक सुरक्षादेखि समुदाय सशक्तीकरणसम्म उहाँले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै संघीय सांसद तथा Skills and Training मन्त्री एन्ड्रु जाइल्सले सो अवार्ड प्रदान गरेका हुन्।

चुपचाप तर प्रभावकारी रूपमा योगदान दिँदै आएका घिमिरेले कुनै पनि मान–सम्मानको अपेक्षा नगरी मेलबर्नको उत्तरी भेगमा नेपाली समुदायको हितमा उल्लेखनीय कार्य गर्दै  आएका छन् ।

सम्मान कार्यक्रममा मन्त्री जाइल्सले भने, “उज्ज्वलजस्ता निःस्वार्थ सेवकहरूको योगदानले हाम्रो समाज समावेशी र सशक्त बन्छ।”

के हो Scullin Volunteer Award 

Scullin Volunteer Award अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत पर्ने Scullin निर्वाचन क्षेत्रमा समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिने सम्मान हो। यो अवार्ड संघीय सांसद एन्ड्रु जाइल्स (Andrew Giles MP) द्वारा प्रत्येक वर्ष प्रदान गरिन्छ, जसले समुदायमा निःस्वार्थ सेवा, सामाजिक अभियान, बहुसांस्कृतिक समावेशीकरण, युवाको सशक्तिकरण, वा स्थानीय स्तरमा परिवर्तन ल्याउने कार्यहरूमा योगदान पुर्‍याएका व्यक्तिहरूको मूल्याङ्कन गर्छ।

मुख्य विशेषता:

  • स्थान: Scullin निर्वाचन क्षेत्र (मेलबर्नको उत्तरी भाग, जस्तै Epping, Lalor, Thomastown आदि)

  • प्रदान गर्ने निकाय: संघीय सांसद (Member for Scullin) – हाल Hon. Andrew Giles MP

  •  उदेश्य : समुदायसेवामा उत्कृष्ट योगदान गर्ने स्वयंसेवकलाई सार्वजनिक रुपमा सम्मानित गर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर