अष्ट्रेलियाको भिसा नीतिमा व्यापक परिवर्तन : जुलाईदेखि लागू हुने मुख्य नियमहरू के-के हुन् ?

अष्ट्रेलियाको भिसा नीतिमा व्यापक परिवर्तन : जुलाईदेखि लागू हुने मुख्य नियमहरू के-के हुन् ?
नेपालआईज
१६ असार २०८२ ०:४७

 

सिड्नी | अष्ट्रेलियाले आगामी आर्थिक वर्षको सुरुवातसँगै विभिन्न भिसा श्रेणीमा महत्वपूर्ण परिवर्तनहरू घोषणा गरेको छ। जुलाईदेखि डिसेम्बर २०२४ बीचमा मात्रै ४.८५ मिलियनभन्दा बढी अस्थायी तथा आप्रवासी भिसा आवेदन प्राप्त भएको सूचना सार्वजनिक गर्दै गृह मामिला विभागले नयाँ प्रावधानहरू कार्यान्वयनमा ल्याउँदैछ।

Skilled

गृह विभागले सीप आधारित भिसाका लागि आयस्तरमा ४.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।

  • Core Skills Income Threshold (CSIT) र Temporary Skilled Migration Income Threshold (TSMIT) को नयाँ सीमा अब $76,515 हुनेछ (अघिल्लो $73,150 बाट वृद्धि)।
  • यो परिवर्तन Subclass 482, 186, 494, र 187 मा असर पर्नेछ।
  • Specialist Skills Income Threshold (SSIT) पनि $135,000 बाट बढेर $141,210 हुनेछ, जुन Subclass 482 को Specialist Skills Stream मा लागू हुनेछ।
    यो नियम १ जुलाई २०२५ भन्दा अघि आवेदन दिएकाहरूमा लागू हुनेछैन।

Student Visa

  • Visa Application Charge (VAC) अहिलेको $1,600 बाट $2,000 पुर्‍याइनेछ।
  • यो परिवर्तन लेबर सरकारको चुनावी प्रतिवद्धता अनुसार ल्याइएको हो।

Humanitarian Visa

  • Subclass 202 र Refugee भिसाका लागि अब अनिवार्य रूपमा ImmiAccount मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
  • आवेदन गर्दा Form 681 र Form 842 दुबै अनिवार्य हुनेछ।

Pacific Engagement Visa – Treaty Stream):

  • पहिलो पटक सुरु भएको Subclass 192 Treaty Stream भिसा को लागि दर्ता १६ जून २०२५ मा सुरु भइसकेको छ र १८ जुलाई २०२५ मा बन्द हुनेछ।
  • २५ जुलाईमा लटरी प्रणालीद्वारा उम्मेदवार छानिनेछ र उनीहरूलाई आवेदन दिने प्रक्रिया सम्बन्धी निर्देशन दिइनेछ।

    [Disclaimer: यो जानकारी सामान्य मार्गनिर्देशनका लागि मात्र हो र प्रकाशनको मितिसम्मका लागि यथासम्भव सही मानिएको छ। आप्रवासनसम्बन्धी कानुन र नीतिहरू समयसँगै परिवर्तन हुन सक्छन्। तपाईंको व्यक्तिगत परिस्थितिका लागि उपयुक्त सल्लाह चाहिएको खण्डमा, कृपया योग्य आप्रवासन वा कानुनी विज्ञसँग परामर्श गर्नुहोस्।]

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर